झापामा पेस्तोलसहित एक पक्राउ

झापा । झापाको मेचीनगरमा आज पेस्तोलसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङ्ग हरैचा घर भई मेचीनगर नगरपालिका–१० मा डेरा गरी बस्दै आएका ४३ वर्षीय जीवनकुमार लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो ।

उनको कोठाबाट कटुवा पेस्तोल र खुकुरी बरामद भएको प्रहरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीले उनको कोठामा खानतलासी गर्दा ओछ्यानमुनीबाट एक राउण्ड गोली लोड भएको कटुवा पेस्तोल बरामद भएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: