सलमान फेरी नयाँ झमेलामा

एजेन्सी । बलिउडका सफल चलचित्र अभिनेता सलमान खानले फेरी अर्को बिबादको सामना गर्नु परेको छ ।

२००२ मा हरिण काण्डमा कानुनी कारवाहीको सामना गरिरहेका सलमान यसपटक अर्को फरक काण्डमा मुछिएका छन् ।

उनका बिरुद्घ अदालतमा नयाँ उजुरी परेको छ । गत बर्ष मुम्बईबाट दिल्ली जाँदै गरेको बिमानमा एकजना सामाजिक कार्यकर्तालाई गालीगलौज गरेको आरोप खानलाई लागेको छ । मुम्बईको महानगर अदालतले खानका बिरुद्घ उजुरी दर्ता गर्न आदेश दिएको छ । अदालतले खानसँगै उनका बडीगार्ड बिरुद्घ पनि अभियोग लगाउदै उजुरी दर्ताको आदेश दिएको छ ।
अदालतको आदेशमा प्रहरीलाई खानका बिरुद्ध कुटपिट र धम्की दिएको आरोपमा उजुरी दर्ता गर्न भनेको छ । पिडीत रबिन्द्र द्विवेदीका अनुसार खान र उनको बडीगार्डले गतबर्ष नोभेम्बर ४ तारिख मुम्बई एयरपोर्टमा पिडीतलाई धम्की दिएका थिए ।

ती तिनैजना जेट एयरवेज को बिमानबाट मुम्बई देखि दिल्ली जाँदै थिए । तर अहिलेसम्म झगडा के को बिषयले भएको हो भन्ने सार्वजनिक भएको छैन ।
द्विवेदीका अनुसार बिमानमा खानले उनलाई गाली–गलौज र उनको बडीगार्डले केही महत्वपूर्ण कागजात खोसेका थिए ।

द्विवेदीले दाबी गरेका छन् खानका बडीगार्डले खोसेको कागजातले भारतीय जनता पार्टीका वरिष्ठ नेता गोपीनाथ मुंडेको मृत्युसँग जोडीएका कतिपय रहस्य खोल्न सक्ने छ । मुंडेको गतबर्ष एउटा कार दुर्घटनामा मृत्यु भएको थियो । द्विवेदीले भनेका छन् ‘ मैले यो घटनापछि खान र उनका बडीगार्डका बिरुद्ध प्रहरीमा उजुरी गर्ने कोशिस गरे, प्रहरीले उजुरी दर्ता नगरेपछि म अदालतको ढोका ढकढक्याउन पुगेको हुँ ।

प्रतिक्रिया दिनुहोस्: