हतियार सहित एक युवक पक्राउ

सिरहा । एक युवकलाई अटोमेटिक पेस्तोलसहित प्रहरीले पक्राउ गरेको छ । सिरहाको मिर्चैया नगरपालिका– ५ का स्थानीय २० वर्षीय घुसका भन्ने सञ्जय मण्डल पक्राउ परेका हुन् ।
विशेष सुराकीको आधारमा मण्डललाई नियन्त्रणमा लिएर शरीर चेक–जाँच गर्दा अटोमेटिक पेस्तोल र पेस्तोलको चार राउण्ड गोली बरामद भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक हरि खतिवडाले बताए ।

उनका अनुसार मण्डल जबर्जस्ती करणी मुद्दामा दुई वर्ष जेल सजाय काटेका व्यक्ति हुन् । पेस्तोल कहाँबाट ल्याएको र किन राखेको भन्ने विषयमा मण्डलमाथि अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खतिवडाले जानएका छन् ।

प्रतिक्रिया दिनुहोस्: