शनिश्चरेमा तीन दिने निःशुल्क स्वास्थ्य शिविर

शनिश्चरे । सामुहिक उद्धार तथा उपकार संघ शनिश्चरेको आयोजनामा संचालित श्री भागवत सप्ताह ज्ञान महायज्ञ पुराणको चौथो दिन निःशुल्क स्वास्थ्य शिविरको आज उद्घाटन भएको छ ।

अर्जुनधारा जेसिज शनिश्चरेको आयोजना तथा मेडिका हस्पिटल बिर्तामोडको सहयोगमा सुरु भएको सो शिविर ३ दिन सम्म संचालनमा आउने भएको हो ।

शिविरको उद्घाटन स्थानिय विकास अधिकारी फडिन्द्र दहालले गरेका छन् भने कार्यक्रममा शनिअर्जुन नगरपालीकाका अधिकृत रुद्र प्रसाद नेउपाने , डा. स्यामनन्द गुप्ता जेसिज अध्यक्ष तथा पत्रकार दिपिन राई लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन पुराण आयोजक समितिका अध्यक्ष चतुरभुज काफ्लेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्: