अक्षयकुमारले महिलाहरुलाई निःशुल्क मार्शल आर्ट सिकाउने

एजेन्सी । अहिलेको समयमा महिलाहरुको सुरक्षा सबैभन्दा ठूलो चुनौती बन्दै गएको छ ।

यस्तो समयमा यदी कोही आफ्नो सुरक्षा आफै गर्न सक्छ भने त्यो भन्दा राम्रो कुरा अरु हुन सक्तैन । यस्तै सोचकोे साथ बलिउड अभिनेता अक्षय कुमारले हालसालै महिलाहरुको लागि निःशुल्क मार्शल आर्ट सिकाउने भएका छन् ।

उनले महिलाहरुलाई आफ्नो सुरक्षा आफै गर्न सक्षम बनाउने उदेश्यले सेल्फ डिफेंस क्लासेज शुरु गर्ने र अब उनले यस प्रकारका अरु धेरै सेल्फ डिफेंस क्लासेज शुरू गर्न चाहदैछन् ।
यस समय अक्षय अफ्नो नयाँ फिल्म ’गब्बर इज बैक’ को प्रमोशनमा ब्यस्त छन् । उनी यस फिल्ममा भ्रष्टाचारको बिरुद्धमा उभिएका छन् । अक्षयलाई यहि फिल्मबाट ं महिलाहरुको लागि केही अर्को नयाँ सेल्फ डिफेंस क्लासेज शुरू गर्न प्रेरणा मिलेको हो ।

महिलाहरुले आफुमा भएको हिंसा बिरुद्ध आफै सुरक्षा गर्न सकुन् ।
यो बिषयमा अक्षयले भनेका छन् ‘ म प्रत्येक हप्ता ३ सय केटीहरुलाई मार्शल आर्ट सिकाउदै छु ।’ उनले थपे ‘यसमा कोरपोरेट, मीडिया हाउस देखि लिएर घरमा काम गर्नेहरु पनि सामिल छन् ।, तर मसँग धेरै ठाउँ छैन, त्यसले गर्दा आगामी महिनादेखि केही अरु क्लासेज शुरू गर्दै छु ,कक्षा एकदमै निःशुल्क हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्: