कपूुर परिवारको साथमा क्याटरीनाको डिनर, के बिबाहको मिति तय भयो त ?

एजेन्सी । शनिवार राती रणबीर कपूर र क्याटरीना कैफ्को बान्द्रा, मुम्बईस्थित रोयल चाइना रेस्त्रामा देखिए । उनीहरु त्यहाँ डिनरका लागि पुगेका थिए ।

अनौठो कुरा यो थियो की रणबीर क्याट त्यो समय एक्लै थिएनन् । उनीहरुको साथमा नीतू कपूर, रणधीर कपूर हजुरआमा कृष्णा कपूर, जैन र शायरा कपूरसहित कपूर परिवारका धेरै सदस्य उपस्थित थिए ।
कपूर परिवारको यो डिनरपछि अन्दाज लगाउन सकिन्छ कि रणबीर र क्याटरीनाको बिबाहको मिति तय भइसक्यो तर, अहिलेसम्म त्यस्तो आधीकारिक पुष्ठी भने भएको छैन ।
सबैलाई जानकारी होस् रणबीर र क्याटरीनाको लव अफेयर धेरै बर्ष देखि चर्चामा छ । यस्तो खालको कुरा धेरै पटक आइसकेको की उनीहरुको बिबाह छिट्टै हुदैछ । उनीहरुको बिबाह कहिले गर्ने भन्ने बिषयमा थाहा हुन क्याटरीना, रणबीर वा उनीहरुको परिवारले नै बताउन सक्छन् ।

प्रतिक्रिया दिनुहोस्: