चन्द्रगढीलाई पर्यटकीय आर्कषण केन्द्र बनाईने

भद्रपुर । ऐतिहाँसिक तथा पर्यटकीय स्थल चन्द्रगढी क्षेत्रलाई पर्यटकीय आर्कषण केन्द्र बनाउन चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिले गुरु योजना अनुरुप काम सुरु गरेको छ ।

झापाको सदरमुकाम क्षेत्रमा पहिलो बस्ती सुरु भएको स्थल मानिएको तथा राणा प्रधानमन्त्री चन्द्र शमशेरले गढ खडा गरेर बसेको ऐतिहाँसिक स्थललाई पर्यटकीय केन्द्र निर्माण गर्न समितिले गुरु योजना निर्माण गरी काम सुरु गरेको हो ।

पहिलो चरणमा वाल उद्यान, विश्रामलय, पौडि पोखरी र खेल मैदानका कार्यहरु तीव्र गतिमा अगाडि बडाएको समितिले चन्द्रगढी संरक्षण तथा विकास सहयोग उपसमिति मार्फत काम गरिरहेको छ ।

उपसमितिका संयोजक यादवप्रसाद भट्टराईका अनुसार खेल मैदानको कार्य अन्तिम चरणमा पुगिसकेको छ भने वाल उद्यान र पोखरी निर्माण पनि सुरु भईसकेको छ । त्यसैगरी वन भोज स्थल, मन्दिर निर्माण पनि संगसंगै अगाडि बढाइने समितिले जनाएको छ ।

वन समिति, विभिन्न दाता संघ–संस्था एवम् व्यक्तिगत हातेमालो गरी निर्माण सम्पन्नहुने गुरु योजना रहेको बताईन्छ ।

प्रतिक्रिया दिनुहोस्: