राष्ट्रिय लिग बराबरीमा टुङ्गीयो

बिर्तामोड । राष्ट्रिय लिग अन्र्तगत बिर्तामोडमा सोमबार भएको खेलमा चर्चित दुइ टिम थ्रि स्टार र झापाले गोलरहित खेल्दै एक एक अंक बाँडेका छन् । बिर्तामोडको डोमालाल रंगशालामा भएको खेलमा लिग जित्ने दावेदार मानिएको झापा र काठमाण्डौको थ्रि स्टार क्लबले बराबर खेलेका हुन् ।

खेलको पहिलो हाफमा आक्रामक बनेको थ्रि स्टार मध्यान्तरपछि रक्षात्मक रहेर खेलेको थियो । जारी लिगमा सर्वाधिक ६ गोल गरिसकेका झापाका छरिता स्टा«इकर कर्ण लिम्बुलाई खुलेर खेल्न नदिन थ्रि स्टारले निकै नै प्रयास ग¥र्यो । लिम्बुले खेल अवधिभर आधादर्जन जति प्रहार गरेपनि थ्रि स्टारका गोलरक्षक एलन न्यौपानेले बिफल पारेका थिए ।

दोश्रो हाफको अन्तिम समयमा थ्रि स्टारले गोल गर्न झापा ११ को पोलमा कढा प्रहार गरेपनि गोल पोलमा ठोक्किएर फर्किएको थियो । खेल बरावरीमा टुंगिएपछि ५ खेल खेलेको झापाको १० अंक र त्यति नै खेलेको थ्रि स्टारको ८ अंक भएको छ । आगामी बैसाख ६ गते झापा ११ ले मनाङ मस्याङदी संग प्रतिस्पर्धा गर्ने झापा जिल्ला फुटवल सँघका अध्यक्ष जलकुमार गुरुङले बताए ।

खेलको म्यान अफ म्याच थ्रि स्टारका गोल रक्षक एलन न्यौपाने घोषित भए । प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेशका महामन्त्री कृष्ण प्रसाद सिटौलाले गरेका थिए भने कार्यक्रमको सञ्चालन पत्रकार गणेस पोख्रेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्: