संविधानसभाको बैठक बैशाख ६ गतेसम्मलाई स्थगित

काठमाडौं । एक हप्ताकोे पर्खाइपछि सोमवार अपरान्ह बसेको संविधासभाको बैठक शोक प्रस्ताव पारित गरेर टुंगिएको छ ।

संविधान निर्माण प्रक्रिया अघि बढाउन भनेर आह्वान गरिएको बैठक शनिबार निधन भएका एमालेका पूर्व सांसद तथा धेरै पार्टी हुँदै एमाओवादीमा पुगेका सलिम मिया अन्सारीको निधनमा शोक प्रस्ताव पारित गरेर बैशाख ६ गतेसम्का लागि स्थगित भएको हो ।
बैठकको शुरुमै सभाध्यक्ष सुवास नेम्वाङले अन्सारीको निधनमा शोक प्रस्ताव पढेर सुनाएका थिए । शोक प्रस्ताव पारित गर्ने बैठकमा विपक्षी एमाओवादी लगायत अन्य दलका सभासद समेत सहभागी थिए ।
यसअघि करिव दुई महिनाको अन्तरालमा बसेको संविधान सभाको २३ गतेको बैठक पनि एमालेका पूर्व सभासद रामनाथ ढकाल र कांग्रेसका पूर्व सांसद महेन्द्र यादवको शोक प्रस्ताव पारित गर्दै स्थगित भएको थियो ।
एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले संविधान निर्माणको प्रक्रिया अघि बढाइने भनेपछि संविधानसभाको बैठक बहिस्कार गर्दै आएका थिए । संविधानसभाको अर्को बैठक आगामी बैशाख ६ गते बस्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्: