सनीको ’लीला’ ले तीन दिनमा लगानी उठायो

एजेन्सी । सनी लियोनको हिन्दी फिल्म ‘एक पहेली लीला’ ले अफ्नो लागत मात्र तिनमा कमाई गरेको छ । यस फिल्मले आफ्नो पहिलो हप्तामा नै १६ करोडको कमाई गरेको छ ।
सनीको यो फिल्म रिलीज हुनु भन्दा अगाडी धेरै चर्चा थियो । अब यसको असर बक्स अफिसमा पनि देखिएको छ ।

यो फिल्म बनाउने निर्माताले करिब १६ करोड रुपैयाँ खर्च गरेका थिए । यस फिल्मको आधी पैसा त मात्र प्रचारप्रसारमा लागेको थियो । अब त्यो लागत रकम फिल्मले तीन दिनमै कमाई गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्: