यसरी भएँ म रेडियो पत्रकार

प्रणित पुडासैनी
सात बर्ष अघि जब म त्यस्तै १४ र १५ बर्षको थिए । त्यती बेला रेडियो भनेको के नै हो भने झै लाग्थ्यो । कमै संख्यामा रहेका रेडियो स्टेशनहरुमा प्रस्तोताले बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गर्दा म पनि त्यसरी नै कार्यक्रम सञ्चालन गर्न पाए भने मेरो जीवन सफल हुन ेथियो भन्ने लाग्थ्यो र त्यो मेरो लक्ष्य भनौ या सपना दुवै थियो । त्यती बेला देखिनै रेडियोको भुत मेरो दिमागमा चढ्यो, जति बेला पनि रेडियो कै सोच ।
साधा मोवाइलमा आफ्नै आवाज रेकर्ड गरयो, सुन्यो करिव एक बर्ष जतिको समय मेरो त्यसै मा बित्यो, जब म एसएलसीको तयारीमा समेत थिए । एसएलसीको परिक्षा पनि सकियो समय खाली भयो । दमकको पाथिभारा एफ एम बाट रेडियोको तालिम खुलेको बिज्ञापन सुने । जुन मिडिया लिक दमकले आयोजना गरेको थियो ।
उत्कृष्ट चार जनालाई रोजगारीको अवसर पनि छ भनेर निकै नै आर्कषक बिज्ञापन प्रशारण गरिदा मलाई पनि त्यही उत्कृष्ट चारमा कतै परिन्छकी भन्ने आशा जाग्यो ।

तालिमकै शिलशिलामा बाहुण्डागीबाट १५ दिनका लागि तालिम लिन दमक बसे । न आफ्नो मान्छे कोही छ, न चिन्जान नै । तर पनि बाबाले १५ दिनका लागि पेगंगेष्टमा बस्न खाने बन्दोबस्त गरि दिनु भयो । तालिमलाई नराम्रो भन्न मिल्दैन ठिकै थियो । तर बिडम्बना प्रमाणपत्र लिन आउनु भनेको दिन मिडीया लिगं दमक भएको ठाउमा संस्था उठेर मेनपावर बसेको भेटे । जिन्दगीमा सबै भन्दा बिरक्त लाग्यो त्यती खेर ।

पैसा लग्यो, तालिम लिएको छु, जागिर माग्न जाउ भने प्रमाणपत्र हातमा छैन, आफैले कम्प्युटरमा नक्कली प्रमाणपत्र बनाउने कोशिस गरे तर काम लागेन । एक दुई ठाउ खुलेका रेडियोमा प्रयास पनि गरे तर मलाई पत्याएन्न् ।
समय बित्दै गयो रेडियोको भुत दिमागमा थियो नै । जब म हिमालयन मल्टिपल कलेज धुलाबारीमा बिबिएस पहिलो बर्षमा पढ्थे तब धुलाबारीमा रेडियो सरगम खुल्यो । रेडियोले शुरुमा तालिम खुलाएर त्यहीबाट कर्मचारी राख्ने जानकारी पाए । चार हजार रुपैया तालिमको लिने भन्ने बुझदा थाहा पाए । त्यही बेला त्यही चार हजार रुपैया जुटाउन नसक्दा झण्डै तालिम लिन नै पाइन् । जसो तसो मम्मीले खोजेर फारम भर्ने अन्तिम दिन मलाई चार हजार पैसा दिनु भयो ।

 

मेरो जिद थियो की तालिम जसरी भए पनि लिने लिने । त्यही जिदलाई टार्न नसक्दा सापटी मागेर मम्मीले मलाई पैसा दिनु भएको दिन आज पनि मलाई झलझली याद छ । तालिम लिए निकै नै उत्कृष्ट लागेको थियो ।

 
करिव ९२ जना सहभागी मध्ये उत्कृष्ट २० जनाको नाम पत्रिकामा आउने जानकारी गराएका थिए । दिइएको मितीमा पूर्वाञ्चल दैनिक निकै डर सरी हेरे, १७ नम्बरमा मेरो नाम रहेछ निकै खुसी लाग्यो । सबैलाई फोन गरेर सुनाए । त्यसपछि अन्तर्बाताका लागि बोलाइयो ।

अन्र्तबार्ताबाट पनि टप एट मा छानिए । अझै पनि मेरो दिमागमा छ, रेडियो सरगमको कर्मचारीको रुपमा पहिलो दिन काम गरेको । २०६७ साल असोज महिनाको १५ गतेबाट शुरु भएको थियो रेडियो सरगम । त्यही दिन हामी आठै जनाले राती करिव नौ बजे लाइभ बोल्ने अवसर पाएका थियौ, दुई चार शब्द ।

 

जिन्दगीको सबै भन्दा ठूलो दिन लागेको थियो । त्यो दिन मैले बोलेको झापाकै पहिलो सामुदायिक रेडियो, रेडियो सरगम । यहि शब्दबाट मेरो रेडियो यात्रा शुरु भयो । राजनितीको र नजानेको म लगायत छानिएका आठै जनालाई समाचार सहतिका कार्यक्रम सञ्चालन गर्नु पर्छ भन्ने थाहा पाए । कहा म हाहा हो हो गर्दै मनोसञ्जनात्म कार्यक्रम सञ्चालन गर्ने र छिटट्ै लोकप्रिय हुने दाउ राखेको मान्छे, कहा समाचार ।
केही दिन भनौ या करिव बर्ष दिन नै निकै असहज ढंगले काम गरे । त्यसै पनि अलि कडा स्वभावको प्रवन्ध निर्देशक ज्ञानेन्द्र निरौला । उहाँलाई देख्दै डर लाग्थ्यो । डरले होला काम बिगारेको बिगारेकै गथ्र्ये । उचारण शुद्ध थिएनन् । जो समाचार बाचकका लागि बाधकनै हो । सानै उमेर त्यही १७ बर्षको त थिए म ।

 

सामान्य ज्ञानको कार्यक्रम पनि सञ्चालन गथ्र्ये । निकै बिग्रार्दो रहेछु अहिले सम्झदा कार्यक्रम । कार्यक्रम बिगारे कै निहुमा मलाई ज्ञानेन्द्र सरले सजाय पनि दिनु हुन्थ्यो । कहिले एक महिना सम्म स्टुडियो छिर्न पाई न । कहिले एक महिना सम्म समाचार पढ्न पाईन । मन कम्ता दुख्थेन त्यती बेला । जे होस म खुसी छु ।

ज्ञानेन्द्र सर त्यही कडा नभइदिएको भए म आज यहा हुने थिइन् सायदै । सबैले स्वर राम्रो राम्रो भन्थे, होला नी त भनेर अलि फुर्की पनि हाल्थे । करिव साढे तिन बर्षको रेडियो सरगमको यात्राले रेडियोलाई बुझने मौका दियो । मैले देखेको सपना पुरा गरेको थिए । यो केही बर्षको यात्रामा, तर शुरुमा जस्तो सोचेको थिए त्यो भन्दा निकै फरक पाए । रेडियोबाट जिन्दिगी चलाउन सकिन्न भन्छन् धेरै । हो पनि केनै छ र लोकल सेलिब्रेटी बाहेक केही छैन उपलब्धि जस्तो लाग्छ । तर पनि केही गर्न सकिन्छ की भन्ने आट छ र रेडियो छोड्न नसक्ने एउटा लत पनि छ ।

सबै छ, रेडियोको जागिर छोडेर बैदेशिक रोजगार बाहेकको अन्य बिकल्प छैन । तीन, साढे तीन बर्षको निकै उपलब्धि पूर्ण यात्राले मलाई रेडियो केहो, त्यसमा समाचार लेख्न पढ्न, कार्यक्रम सञ्चालन गर्न सबै सिकायो । थोरै पैसा जो मलाई महिना भरी बिर्तामोडबाट धुलाबारी सम्म जान सम्म नपुग्ने, त्यतीनै दिन्थ्यो सरगमले । तर, मैले पैसासँग कामको तुलना गरिन अहिले सिक्ने मौका छ सिक भन्थ्यो मेरो मनले । घरबाटै मम्मीले दैनीक गाडी भाडा दिएर जागिर खान मलाई पठाउनु हुन्थ्यो ।

बन्दको बेला कम्ता दुख हुन्थेन । जसरी पनि रेडियो पुग्नुनै पर्ने, फेरि बाक्लै बन्द भईरहने धेरै बिर्तामोड देखि धुलाबारी सम्म साइकलमै गए, नसक्दा रोएर मोटरसाइकलमा लिफ्ट माग्थे । एउटा लत लागिसेको थियो त्यतीन जेल जस्तै कष्ट परे पनि रेडियो छोड्न नसक्ने । रेडियो जागिर भन्दा पनि सोक जस्तो लाग्थ्यो । तर सोकले मात्र नहुने रहेछ पैसा पनि कमाउनु पर्छ भन्ने ज्ञान उमेर छिप्पिदै गए पछि आउन थाल्यो ।

त्यस पछि मैले बिकल्प खोज्न थाले । रेडियो भित्रै कसरी कमाउने पैसा । सकीन्छ त ? कसरी सक्नु र त्यही ५ हजारे जागिरले सम्भव देखिन । त्यो मलाई गाडी भाडा तिर्न सक्क पुग्थेन । जेन तेन गरेर स्कुटी किनिदिनु भएको थियो मम्मीले तेल हाल्ने सम्म पैसा नहँुदा गाडीमानै जान्थे अधिकांश दिन ।

बिर्तामोडमा नै घर पायक जागिर भेटे गाडी भाडा त जोगिन्थ्यो भन्ने लागेको थियो । मेरो भाग्य रेडियो भिजन खुल्यो २०६९ अन्तिम तिर । मेरो सरगममा पनि ठूलै जिम्मेवारी थियो जस्तो लाग्छ । तर चटक्कै अर्को रेडियोमा जन्छु भन्दा मलाई छोड्न दिदैनन् भनेर मैले ढाटेर अरु कामका लागि अब म रेडियो छाड्दै छु भनेर भन्दा ज्ञानेन्द्र सरले ल भन्नु भएको थियो । एकै बचनमा । काम पनि मैले त्यस्तै राम्रो देखाएको थिए । उहाँले नाइ भन्नु सक्नु हुने थिएन् ।

अनि मेरो रेडियो भिजनको यात्रा पनि शुरु भयो त्यही २०६९को अन्तिम तिरबाट । निकै ठूले जिम्मेवारी पाए सरगम छोडेर भिजनसम्म आइपुग्दा । सह सम्पादकको रुपमा काम गर्दै छु अहिले पनि । शुरुमा म थिए कर्मचारीको रुपमा । एउटा रेडियोबाट अर्को रेडियोमा जागिर सार्दा धेरै प्रश्न गथ्र्ये ।

रेडियोमा मेरो आवाज जान थाले पनि पैला ढाटे र आएको रेडियोमा मुख देखाउनसम्म नसक्ने अवस्था मैले आफै सृजना गरेको थिए । जे होस रेडियोको यात्रा बिभीन्न उतार चढावकाबीच चल्दै छ । रक्सी, चुरोट, खैनी, या लागु औषधको लत भन्दा कम छैन रेडियोको लत । भविष्य यो क्षेत्रमा कस्तो छ काम गर्दै जादा देखिएला । तर बर्तामान कष्टकर नै छ ।
सोच छु कुनै बेला चटटकै छोड्छु र अरु कुनै व्यवसाय गर्छु भनेर तर मन मान्दैन । लोकल सेलिब्रेटी भएको छु जस्तो लाग्छ । केही मानिसले त चिन्न सुरु गरेका छन् । चटट्कै छोड्दा अनेक प्रश्न आउछन् की । आज रेडियो क्षेत्रमा आउन चाहाने बाक्लै भेटिन्छन् । उनीहरुमा म देख्छु । बाबा, मम्मीको आशा छोरो माथि ठूलो हुन्छ । तर रेडियोको जागिर खान थालेको यो पाँच बर्षको समयमा उहाँहरुले माग्नु भएको चिज किनेर दिन सकेको छुइन् । हेरौ कहिले सक्छु ।
श्रम जिवी ऐनको कुरा सुनेको बर्षो भयो । कार्यन्वयन हुन सकेको छैन् । तोकिएको तलब त सामान्य रुपले पाइएको नै छ तर भनिए अनुसार बिमा, सञ्चयकोष लगायतका सुबिधा आकशको फल आँखा तरि मर भने झै भएको छ । गर्न सकिन्जेलका लागि मात्रको पेश जस्तो लाग्न थालेको छ यो पेशा अचेल ।

नेपाल पत्रकार महासंघको सदस्यता, प्रेश चौतारीको सदस्यता, सुचना बिभाग लगातयको कार्ड पर्समा छ । तर त्यसले के गर्नु ? ऐन पूर्णातय कार्यन्वयन भई दिए त कतै राम्रै हुन्थ्यो की भन्ने आश अझ पनि मरेको छैन् । तर अहिले देखि सुनेको हैन, कहिले कार्यान्वयन हुनु ? यस्तै छ प्रनितको पाँच बर्षे रेडियो यात्रा । कहिले टुंगिने हो जो म स्व्यंमलाई थाहा छैन् ।

प्रतिक्रिया दिनुहोस्: