अज्ञात रोगका कारण मृत्यु हुनेको संख्या १७ पुग्यो

जाजरकोट । जाजरकोटमा केहिदिन यता अज्ञात रोगको महामारी फैलिएको छ । जिल्लाको टालेगाउँ–२ मा अज्ञात रोगका कारण बुधवार ५२ वर्षीय दलवहादुर शाहीको मृत्यू भएको छ । यो सहित अज्ञात रोगका कारण मर्नेको संख्या १७ पुगेको छ ।

पैक गाविसमा खटिएका एक जना स्वास्थ्यकर्मी आफैं विरामी परेका छन् । उनको थप उपचारका लागी सदरमुकाम ल्याइएको छ ।
केही गाविसका विरामीको नमूना परीक्षण गर्दा स्वाइन फ्लु भेटिएपछि अहिले स्थानीयमा त्रास फैलिएको छ । केही गाउँमा औषधि सकिएपछि रोग झनै भयाबह बन्दै गएको स्वास्थ्यकर्मीहरु बताउछन् ।

प्रतिक्रिया दिनुहोस्: