अनलाईनमा लिक भयो ‘एबीसीडी २’ को पोस्टर

एजेन्सी । श्रद्धा कपूर र वरुण धवनको नयाँ आउने फिल्म ‘एबीसीडी’ २ को पोस्टर अनलाईनमा सार्वजनिक भएको छ । यस कुराले गर्दा श्रद्धा र वरुण धेरै रिसाएका छन् । फिल्मको पहिलो पोस्टर नै जारी गरेको प्रति दुबैजनाले दुःख ब्यक्त गर्दै आपत्ती जाहेर गरेका छन् । श्रद्धाले भनेका छन् ‘ मलाई अहिले थाहा भयो कि हिजो राती एबीसीडी २ को पोस्टर लीक भएको र यो त्यसको अफिसियल पोस्टर हो । ’

२०१३ मा आएको रेमो डिसूजाको फिल्म ’एबीसीडी’ को यस सीक्वलमा श्रद्धा र वरुण पहिलो पटक साथमा काम गर्दै छन् । फिल्मको पोस्टर आनलाईन लीक भएपछि उनीहरुले दुःख ब्यक्त गरेका हुन् । उनले आफ्नो सोसियल मिडीयामा लेखेका छन् ‘ मैले भदा पनि बढी श्रद्धाले यो पोस्टर बनाउन धेरै मेहनत गरेका छन् ।’

चाहे जो सुकैले यो पोस्टर लीक गरेको छ र हाम्रो हौसला तोड्ने कार्य गरेको छ त्यसले जतिनै कोसिस गरे पनि हाम्रो कोशिस र हामीलाई केही फरक पर्दैन ।’ उनले उनीहरुलाई भनेका छन् ‘ हामीलाई केही फरक पर्दैन अझ हामी अघि बढ्ने छौ ।’ एबीसीडी २ एउटा खास फिल्म छ र रेमोले यसलाई आफ्नो सबैथोक दिएका छन् ।

यो भारतको पहिलो डान्स बेस्ट घडी फिल्म हो , जुन सत्य घटनामा आधारित छ । तर म यसको लागि धेरै रिसाएको छु ।’यो फिल्म म र अरु कोही स्टार भन्दा धेरै राम्रो छ । यो डान्स र डान्सर्समा आधारित फिल्म छ ।

प्रतिक्रिया दिनुहोस्: