एम्बुलेन्सको अध्यक्षमा पुनः सिंह

विर्तामोड । एम्बुुलेन्स चालक संघ झापाको बुधवार बिर्तामोडमा सम्पन्न दोस्रो साधारणसभाले पुनः जयबिन्द्र कुमार सिंहको अध्यक्षतामा ११ सदस्यीय सर्वसहमत नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्क्ष, सचिव, सह–सचिव र कोषाध्यक्षमा क्रमश राजेश श्रेष्ठ, मिलन शंकर, भविन्द्र पौड्याल र कुवेरनाथ भट्ट चयन भएका हुन् ।

त्यसैगरी सदस्यमा नारायण भण्डारी, चेतन खड्का, शिव रेग्मी, शंकर कार्की, दिनेस माझि र महेन्द्र गौतम रहेका छन् । एम्बुलेन्ससेवालार्ई प्रभावकारी बनाउने उद्देश्यले गठित चालक संघ जिल्ला कार्य समिति गठन भएको थियो । मानवीय संवेदनशीलता बोकेको एम्बुलेन्सको दूरुपयोग बढेको समयमा संघले विभिन्न प्रस्तावसहित साधारणसभा सम्पन्न गरेको हो ।

वीर्ता सिटी अस्पतालका प्रबन्धक अनिल बस्नेतले एक्बुलेन्समा चालक परिवर्तनको समस्याले आपराधिक गतिविधि बढेको औल्याएका थिए । कार्यक्रमका विषेश अतिथि जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख चन्द्रदेव मेहत्ताले मापदण्ड पुरा नभएको सवारीलाई एम्बुलेन्स बनाइनु, चालकको हकहित र सुरक्षाको प्रत्याभूति नहुँदा महिना नपुग्दै चालक परिर्वतन हुनु, चालकलाई प्रथामिक उपचारको विषयमा तालिम नदिनु, सम्बन्धित निकायले समयमै अनुगमन नगर्नु लगायतका समस्याले एम्बुलेन्स प्रभावकारी नभएको औल्याएका थिए ।

जयविन्द्रकुमार सिंहको अध्यक्षतामा सम्पन्म कार्यक्रममा रेडक्रस सोसाइटी झापाका बद्रीप्रसाद कार्की, अधिबक्ता मोहन खरेल, महेन्द्र राईलगायतले बोलेका थिए । २०६३ मा २६ वटा एम्बुलेन्सबाट गठन गरेको संघ हालसम्म १ सय ८ बटा एक्बुलेन्स सञ्चालनमा छन् । कार्यक्रममा संघले एउटा सवबहान सञ्चालनमा ल्याउने तयारी गरेको समेत अध्यक्ष सिंहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्: