छोरी बलात्कार गर्ने बावु पक्राउ

बिर्तामोड । भद्रपुर–५ का ४० बर्षिय यादव थरका एक व्यक्तिले ८ बर्षिया छोरीलाई बलात्कार गरेका छन । आफ्नै छोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले यादवलाई पक्राउ गरेको हो । आफ्नै घरमा मंगलवार राती साढे ७ बजे छोरीलाई बलात्कार गरी मकैबारीमा लुकेको अवस्थामा यादव पक्राउ परेको प्रहरीले बताएको छ ।

‘बलात्कार गर्दागर्दै देखें’ बालिकाकी आमाले भनिन् ‘मैले कपालमा समाएर कुट्न थालेपछि भाग्यो ।’ आमाले छिमेकीलाई खवर गरेपछि प्रहरीको सहयोगमा यादव राती ९ बजे मकैबारीबाट पक्राउ परेका थिए । उनी मकैबारीमा ओछ्यान लगाएर सुतेको बेलामा पक्राउ परेको छिमेकीले जानकारी दिएका छन ।
जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालयको टोलीले मेची अंचल अस्पताल भद्रपुरमा बालिका र यादवको स्वास्थ्य परीक्षण गराईसकेकोे छ । ‘बिगतमा पनि छोरीलाई बलात्कार गरेको शंका लागेपछी छोरीलाई सोद्धा बताउँदिन थिई’ बालिकाकी आमाले भनिन् ‘कहिले खानेकुरा दिएर फकाउने, कहिले चक्कु देखाएर धमक्याएर बलात्कार गर्ने गरेको रहेछ ।’
यादवले दिनहूँजसो मादक पदार्थ सेवन गर्ने गरेको बालिकाकी आमाले जानकारी दिईन् । मंगलवार बलात्कार गरेको समयमा पनि मादक पदार्थ सेवन गरेको उनले बताइन् । छोरी र यादवको स्वास्थ्य परीक्षण गर्दा उनले श्रीमतीलाई धम्की दिएका थिए । उनले जेलबाट छुटेपछि ज्यान लिने धम्की दिएको छिमेकीले बताएका छन् । जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा रहेका यादवको घट्नाको अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: