बिद्युतको बेथिति

बिर्तामोड । बिर्तामोडका एकजना बिद्युत उपभोक्ता नबिन पौडेलले नेपाल बिद्युत प्राधिकरण अनारमनी बितरण केन्द्रमा शुक्रबार बिहान फोन गरेर बिजुली नआएको गुनासो टिपाए । बिधुत प्राधिकरणका कर्मचारीले त्यो गुनासो पुस्तिकामा दर्ता गरे । शुक्रबार गरेको गुनासो सुनवाई गर्न प्राधिकरणका कर्मचारी आइतबार मात्र आइपुगे । तीन दिन बिद्युत बिहिन भएका उनी प्राधिकरणको लापर्वाहीका कारण हैरान भएको बताउछन् ।

प्राधिकरणको अनारमनी बितरण केन्द्रले झण्डै ५५ हजार ग्राहकलाई बिद्युत बितरण ब्यवस्थापन गर्नुपर्छ । यि ग्राहकबाट मासिक करोडौ महसुल संकलन पनि हुदै आएको छ । तर, संवेदनशिल यो क्षेत्रमा टेलिफोन गरेको ७२ घण्टासम्म पनि प्राधिकरणका कर्मचारी पुग्न नसक्दा कुनै समयमा दुर्घटना हुने जोखिम उत्तिकै छ ।

बिर्तामोड क्षेत्र अन्र्तगतका उपभोक्ताबाट दैनिकजसो १० देखि १ सय वटासम्म स्थानमा बिद्युतमा समस्या भएको फोन आउने गरेको प्राधिकरणका एकजना प्राबिधिक खेम रिमालले बताए । आकस्मिक बाहेकका स्थानमा क्रमश निर्माणका लागि जाँदा तीन दिन सम्म लाग्न सक्ने उनको भनाई छ ।

गाडी छैन

अनारमनी बितरण केन्द्रमा तीनवटा गाडी छ । ती मध्ये एउटा बिग्रीएर ग्यारेजमा थन्किएको छ । एउटा गाडी कार्यालय प्रमुख राजिब सिंहले प्रयोग गर्ने गरेका छन् । यसलाई अलि टाढाबाट ट्रान्समिटर लगायतका सामान ओसार पसार गर्नुपरेको खण्डमा प्रयोग गर्ने गरेको छ भने ग्राहकको सेवा अवरुद्ध हुँदा मर्मत कार्यमा एउटा मात्र गाडी छ । एउटा गाडीको मदतमा ५५ हजार उपभोक्ताको बिद्युत अवरुद्ध हुँदा पुग्नु पर्ने बाध्यता रहेको अर्का एकजना कर्मचारी बताउछन् । बिर्तामोडमै रहेका प्राविधिकले ४० किलोमिटर टाढासम्म गएर मर्मत गर्नुपर्ने बाध्यता रहेको उनीहरुको भनाई छ ।

धेरै समस्या ट्रान्समिटरमा

बिद्युत अवरुद्घ हुने प्रमुख कारण ट्रान्समिटरमा उत्पन्न हुने समस्याको कारणले हो । यहाँ जोडिएका अधिकांस ट्रान्समिटर पुराना छन् । ट्रान्समिटरले भार थाम्न नसकेर काम नगरेको खण्डमा हेटौंडासम्म गएर ल्याउदा केही दिन समय लाग्ने प्रधिकरणका चालक ठाकुरराम लुइटेलको भनाइ छ । अत्याधिक माग हुने गरेको समयमा ट्रान्समिटरले लोड थाम्न नसकेर बिद्युत अवरुद्घ हुने समस्या धेरै रहेको उनले बताए ।

फोन उठदैन

अनारमनी बितरण केन्द्रको ५४०२९४ नम्बरमा फोन गरेर कम्प्लेन टिपाउन सक्नु भनेको उपभोक्ताको सौभाग्य नै हो । अधिकांस समय ब्यस्त हुने यो टेलिफोनमा फोन लाग्दा पनि जवाफ दिने भरपर्दाे कर्मचारीको अभाव छ । प्रधिकरणका प्रशासन प्रमुख पुर्ण चौहानले उपभोक्तासँग कर्मचारीले गर्ने ब्यवहारमा हाल आएर सुधार गर्दै गएको बताए । ‘पहिले टेलिफोनको रिसिभर उठाएर राख्ने गरेको गुनासो धेरै आउथ्यो, उनले भने–‘ हामीले जिम्मेवार भएर प्रस्तुत हुन कर्मचारीलाई निर्देश गरेका छौं ।’ उनले उपभोक्ताले पहिले जस्तो हैरानी खेप्नु नपरेको दावी पनि गरे । बेलुकीको समयमा बिद्युत अवरुद्घ भए फोन उठाएर बोल्नेले झन धेरै खप्की खानु पर्ने समस्या रहेको प्रविधिक रिमालले सुनाए ।

प्राधिकरणले मिटर रिडिङको जिम्मा गैर कर्मचारीलाई दिने गरेको छ । मिटर रिडर प्रधिकरणका आधिकारीक कर्मचारी नभएका कारण उपभोक्तासंग जिम्मेवार हुन नसकिएको प्रशासन प्रमुख चौहान स्विकार गर्छन । अनारमनी बितरण केन्द्र अन्र्तगत २२ जना त्यस्ता मिटर रिडर छन् ।

उनीहरुले रिडिङको प्रतिमिटर ३ रुपैयाँ पाउने जानकारी चौहानले दिए । गैर कर्मचारी भएका कारण उपभोक्ताले गरेको मौखिक गुनासो प्राधिकरणसम्म पुग्न नसक्ने उनले बताए । कतिपय उपभोक्ताको मिटर बिग्रेको बर्षाैं भइसक्दा पनि गैर कर्मचारीले रिडिङ गर्ने गरेका कारण प्राधिकरणले पत्तो पाएको हुदैन ।
धरानबाट प्रकाशन हुने ब्लाष्ट दैनिकमा खवर छ

प्रतिक्रिया दिनुहोस्: