भूतपूर्व प्रहरी संगठन आन्दोलनमा

बिर्तामोड । प्रसाशनसँग भएको सहमति अनुसार सीमा प्रहरी चौकी पृथ्वीनगरका सई हरिकुमार प्रसाईलाई कारवाही नभएको भन्दै भूतपूर्व प्रहरी संगठनले झापाको प्रहरी प्रसाशन बिरुद्ध आन्दोलन गर्ने भएको छ ।
कारवाही गर्ने भनिए पनी प्रसासन मौन बसेपछि प्रहरी संगठनले कारवाहीका लागि आन्दोलन गर्ने भएको हो । प्रहरीलाई खवर पाएर नआउँदा भारतीय डाकाको आक्रमण परी मुत्यु भएका झापा पृथ्वीनगरका व्यापारी देवकुमार श्रेष्ठको मृत्यु भएको बिषयमा स्थानीयवासी र भूपू प्रहरी संगठन आन्दोलित बनेका हुन् ।
पूर्व प्रहरी हवल्दार समेत रहेका श्रेष्ठको मुत्यु प्रहरी लापरवाहीले गर्दा भएको भन्दै भुतपूर्व प्रहरी संगठन झापाले शव बुझन मानेका छैनन् । सीमा प्रहरी चौकीका सई प्रसाईको विरुद्ध डकैती घटनामा उनकै सम्लग्नता रहेको भन्दै जिल्ला प्रहरी कार्यालयमा मंगलवार किटानी जाहिर दिन गएका थिए ।

तर, सईको प्रसाईको विरुद्ध प्रहरी कार्यालय झापाले जाहिरी लिन नमाने पछि भुतपूर्व प्रहरीहरु प्रहरी विरुद्ध नै आक्रोस पोखेका थिए । भूपू प्रहरी संगठनका केन्द्रीय अध्यक्ष आज बुधवार झापा आएपछि आन्दोलन र दवावका कार्यक्रम संचालन हुने भएको छ ।
सई प्रसाईलाई कारवाही गर्ने भनी स्थानीय र प्रसाशन बिच सोमवार सहमति भएको थियो । तर, प्रमुख जिल्ला अधिकारी र एसपीले माथिको दवावका कारण सई प्रसाईलाई कारवाही गर्न नसक्ने बताए पछि आन्दोलनमै जानुपरेको एक भूपू प्रहरीले बताए ।
भारतीय डाका समूहले आइतबार मध्यरातमा गंगा किराना पसलका सञ्चालक देवकुमार श्रेष्ठको गोली हानी हत्या गरेका थिए । डाकाको आक्रमण परी उनका श्रीमती गंगा श्रेष्ठ, छोरा रोशन श्रेष्ठ र छिमेकी दुर्गा गौतम समेत घाइते भएका थिए । हाल उनीहरुको ओम साई पाथिभरा हस्पिटलमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्: