लिबियामा डुंगा डुब्दा ४ सय बेपता

काठमाडौ । लिबियाबाट इटली तर्फ गइरहेको एउटा डुंगा मंगलवार लिबियाको सामुन्द्रिक तटमा डुबेको छ । लिबिया तटमा डुबेको सो डुंगामा सवार चार सय प्रवासी नागरिक बेपत्ता भएको आशंका गरिएको छ । उक्त दुर्घटनाबाट बचेका एक जनाले घटनाबारे जानकारी दिएको अन्तर्रा्ष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । उक्त डुंगामा करिब ५५० जना प्रवासी नागरिक सवार थिए । लिबिया तटबाट छुटेको करिब २४ घण्टापछि उक्त डुंगा पल्टिएको थियो ।
अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्था सेभ द चिल्डे्रनका अनुसार उक्त दुर्घटनामा परी करिब १५० प्रवासी नागरिक दुर्घट्नाबाट बाचेको समाचार छ । दुर्घट्नाबाट उद्दार गरिएका नागरिकलाई दक्षिणी इटलीको तटमा ल्याइएको बताईन्छ ।

प्रतिक्रिया दिनुहोस्: