विद्यार्थी संगठनहरुले शैक्षिक हड्ताल गर्ने

विर्तामोड । भारी मात्रमा गरीएको सुल्क वृद्धि फिर्ता नभए आठ विद्यार्थी संगठनले बैसाख ६ गतेबाट संयुक्त रुपमा शैक्षिक हड्ताल गर्ने घोषणा गरेको छ । विद्यार्थीले निजि शैक्षिक संस्थाले शिक्षालाई सेवा भन्दा ब्यपार तिर लैजादै विद्यार्थीको ढाड सेक्ने गरेको भन्दै तत्काल निजि क्षेत्रले गरेको शुल्क वृद्धि फिर्ताको माग गर्दै आन्दोलनको घोषणा गरीएको अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य महेन्द्र भट्टराईले बताए । विद्यार्थीले बिहिवार जारी गरेको विज्ञप्तिमा अखिल क्रान्तिकारीका झापा अध्यक्ष रवि बस्नेत, नेपाल विद्यार्थी संघका झापा सचिव सन्तोष उप्रेती, अखिल–क्रान्तिकारीका झापा अध्यक्ष प्रकाश मिश्र, अनेरास्ववियुका अध्यक्ष देशवन्दु ढुंगेल, अग्रगामी विद्यार्थी युनियनका अध्यक्ष मनकुमार लिम्बु, संघीय विद्यार्थी युनियनका अध्यक्ष अशोक घिमिरे, किरात राई विद्यार्थी संघका सचिव सुसन राई र आदीवासी जनजाति विद्यार्थी मंचका बिक्रम लिम्बुले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्: