सहमती कार्यान्वयन नभएपछि शव पोष्टमार्टम घरमै

बिर्तामोड । झापाको पृथ्वीनगरमा भारतीय सशस्त्र डाका समूहको आक्रमणबाट देवकुमार श्रेष्ठको मृत्यु भएको चार दिन वितिसक्दा पनि आफन्त र परिवारजनले शव वुझेका छैनन् ।

 

प्रशासनसँग भएको सहमति अनुसार जिल्ला प्रहरी कार्यालय झापाले जाहेरी दर्ता नगराएसम्म शव नवुझ्ने मृतकका जेठा छोरा विजय श्रेष्ठले बताए ।

पीडितले सीमा प्रहरी चौकीका सई हरिकुमार प्रसाईकोसमेत संलग्नता भएको किटानी जाहेरी दिएपछि प्रहरीले उक्त जाहेरी दर्ता गर्न नमानेको हो । झापाका राजनीतिक दल तथा संघसंस्थाका प्रतिनिधि बिहिवार जिल्ला प्रशासन कार्यालय झापामा किटानी जाहेरी दर्ता गर्न गएपनि प्रसाशनले जाहेरी लिन मानेन ।

 

डाका समूहको आक्रमणमा परी मृत्यु भएका व्यवसायी श्रेष्ठको शव पीडित पक्षले बुझ्न नमानेपछि संवाद समूहको सहजिकरणमा बुधवार राति भएको बार्तामा जिल्ला प्रशासनमा जाहेरी दर्ता गर्ने सहमति भएको थियो ।
पीडित पक्षले घटनाको प्रमुख दोषी सई प्रसाई रहेको र उनीविरुद्ध किटानी जाहेरी दर्ता गर्नुपर्ने माग राख्दै आएका छन् । तर, प्रहरीले आफैले तयार पारेको जाहेरीमा हस्ताक्षर गराएकोप्रती पीडितले असहमति जनाएका छन् ।
संवाद समूहमा भएको छलफलमा विहिवार प्रसाशनमा जाहेरी दर्ता गर्ने, जाहेरी दर्तापछि संवाद समूह, शान्ति समिति र राजनीतिक दलहरुको सहजिकरणमा पीडित पक्षले शव बुझी अन्त्येष्टी गर्ने दलहरुबीच सहमति भएको थियो ।
स्थानीय शान्ति समितिका संयोजक सूर्यनारायण गणेश, राजनीतिक दलहरुकोतर्फबाट नेपाली कांग्रेसका कार्यवाहक सभापति देउमान थेवे, नेकपा एमालेका हरि तिम्सिना र कुमार उप्रेती, राप्रपा नेपालका केन्द्रीय सदस्यद्वय राजेन्द्र लिङ्देन, भक्ति सिटौला तथा गोपी ढकाल र संघीय लिम्बुवान पार्टी जिल्ला अध्यक्ष धनबहादुर पन्धाक सुब्बाले सहमतिमा हस्ताक्षर गरेका छन् । सो सहमती प्रशासनले स्विकार नगरेपछि विहिवार पुनः सदरमुकाम चन्द्रगढी स्थित होटल आनीमा दिनभर भएको छलफल पनि निष्कर्षमा नपुगे पछि साझ स्थानिय शान्ति समितिको कार्यालय विर्तामोडमा पुन राजनितीक दलका प्रतिनिधिहरु वार्तामा जुटने भएका छन ।

 

श्रेष्ठको शव मेची अञ्चल अस्पताल भद्रपुरको पोष्टमार्टम घरमा प्रहरी घेराबन्दीमा रहेको छ । शव पोष्टमार्टम घरमा रहेपनि परिवारजन र गाउँलेले जिल्ला प्रहरी कार्यालयमा दुई दिनदेखि धर्ना दिएर बसेका छन् ।
सदरमुकाम चन्द्रगढीमा तनाव हुने आशंकामा चोक चोकमा हतियार सहित बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालित छन् । तेस्रो पटकसम्म निलम्वनमा परेका सई प्रसाईलाई जोगाउन केन्द्रदेखि झापाको प्रहरी र प्रशासन सक्रिय रहेको आरोप राजनीतिक दलले लगाएका छन् ।
लास माथि राजनिति हुन थाले पछि घटनाले अकार््े मोड लिएको छ । राजनीतिक दलका नेतादेखि तस्कर सम्म यो प्रकरणलाई उछाल्न लागि परेकाले पिडितले न्याय पाउने सम्भावना न्यून हुदै गएको छ भने यस घटनाले अपराधिले उन्मुक्ती पाउने सम्भवना वढदै गएको स्थानीयको आरोप छ ।

 

प्रतिक्रिया दिनुहोस्: