जाजरकोटमा मृत्यु हुनेको संख्या २१

जाजरकोट । जाजरकोटमा तिन सातादेखि फैलिएको मौसमी रुघाखोकी र स्वाइनफ्लुबाट थप दुई जनाको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको संख्या २१ पुगेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार अर्छानी गाविस वडा नम्बर–२ का ५० वर्षीय बादी टमटा, अर्छानी गाविस वडा नम्बर–७ का ५८ वर्षीय हंशबहादुर टमटाको उपचारको क्रम्मा मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्: