थापालाई विदाई गर्न नेता, कार्यकर्ताको भीड

People queues to pay the final respect to the Late Thapa

काठमाडौं, वैशाख ४(मेचीखबर)

पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको अन्त्यष्टी शुक्रवार गरिएको छ। उनको पार्थिव शरीरमा शुक्रबार दिनभर हजारौं सर्वसाधरण र उच्च पदस्थ ब्यक्तिले श्रद्धाञ्जली दिएका थिए। बिहान १० बजेदेखि पार्टी मुख्यालय चावहिलमा र दिउँसो पौने १ बजेबाट पार्थिव शरीरमा सर्वसाधरण र शुभेच्छुकका लागि दशरथ रंगशालामा राखिएको थियो।

त्यसपछि उनको शवलाई पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टी गरिएको छ।

थापालाई श्रद्धाञ्जली दिन उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री सुशील कोइराला, पूर्वसभामुद दमननाथ ढुंगाना, माओवादी अध्यक्ष मोहन वैद्य किरण, काँग्रेस सभाससद् गगन थापा, पूर्वराजाकातर्फबाट पशुपतिभक्त महर्जन लगायत पुगेका थिए ।

त्यसैगरी एमाओवादी नेता डा. बाबुराम भट्टराई र मधेसी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरु उपस्थित भएका थिए।

 

प्रतिक्रिया दिनुहोस्: