नौ बर्षिया बालिका बलात्कृत

विर्तामोड । बालिका बलात्कारको अभियोगमा झापाको विर्तामोड–७ का नविन चुडाललाई इलाका प्रहरी कार्यालय विर्तामोडले नियन्त्रणमा लिएको छ । चुडालले इलामको इभाङ–९ मा घर भई विर्तामोडस्थित काकीको कोठामा पाहुँना आएकी नौ बर्षिय बालिकालाई बलत्कार गरेको उजुरीको आधारमा नियन्त्रणमा लिएको हो ।

घटना अनुसार घरको नजिकै च्याउ फाराममा च्याउ हेर्न गएकी बालिकालाई चुडालले बिहीबार ५ बजे बलात्कार गरेका थिए । घटनालगतै बालिका चिच्याउँदै कोठामा पुगेपछि उनको काकीले सोधपुछ गर्दा बलात्कार गरेको सार्वजनिक भएको थियो ।

घटना बुझेपछि बालिकासहित इलाका प्रहरी कार्यालय विर्तामोड पुगेकी उनकी काकीले उजुरी गरेपछि प्रहरीले चुडाललाई नियन्त्रणमा लिएको जनाएको छ । बालिकाको स्वास्थ्य परीक्षणका लागि सोही दिन वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु¥याएका थिए ।

स्वास्थ्य परीक्षण भएपनि रिपोर्ट आइनसकेकोले बलात्कार हो वा होृइन भन्न नसकिने इलाका प्रहरी कार्यालयका डिएसपी सञ्जय राउतले बताए । ४ वजे उनलाई कोठामै छोडेर किनमेल गर्न विर्ताबजार गएको बेलामा ति बालिका बलत्कारको सिकार बनेकि थिईन ।

, बालिकाकी काकीले भनिन्–‘कोठामा आउदा–आउदै उ चिच्याएको आवाज आएको थियो । मैले त्यति चासो दिइन । कोठामा पुग्दा रोइरहेको थिइ । किन रोएकी ? कसले के ग¥यो भनेर सोध्दा सबै कुरा भनेपछि घर मालिकलाई सोध्दा समात्न खोजेको भन्दै पन्छिन खोज्यो । त्यसपछि उसलाई लिएर प्रहरीकहाँ पुगे ।’

पीडित बालिका परीक्षा सकिएपछि गत चैत्र ३० गते काकीकोमा पाहुँना आएकी थिइन् । योङहाङ परिवार विगत केही वर्षयता चुडालको घरमा कोठा भाडामा बस्दै आएका थिए । पिडित बालिकाका अभिभावकले ईलाका प्रहरी कार्यालयमा उजुरी दर्ता गरेको जानकारी डिएसपी राउतले दिए ।

प्रतिक्रिया दिनुहोस्: