पिडितले न्याय पाएनन, शव शनिबार उठाउने

बिर्तामोड । झापाको प्रहरी प्रशासनले पिडितले राखेको माग सुनुवाइ नभएकोले न्याय प्राप्तीका लागी माथिल्लो निकायमा जाने निर्णय गर्दै परिवारले शव वुझ्ने भएका छन् । झापाको पृथ्वीनगरमा भारतीय सशस्त्र डाका समूहको आक्रमणबाट देवकुमार श्रेष्ठको मृत्यु भएको ५ दिन पछि परिवारले शव वुझ्ने भएका हुन् ।
मृतककी श्रीमती गंगा श्रेष्ठलगायत परिवारजनले शुक्रवार अस्पताल परिसरमा प्रेसविज्ञप्ती जारी गरेर पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन ।

प्रहरी प्रशासनले आफुलाई न्याय नदिएकोले माथिल्लो निकायमा जाने निणर्य गरेको उनले बताइन् । डकैती र हत्याकाण्डलाई संरक्षकको भूमिका निर्वाह गर्ने सीमा प्रहरी कार्यालय पृथ्वीनगरका सई हरि प्रसाइलाई तत्काल सेवावाट बर्खास्त गरी म पिडितले दिएको वास्तविक घट्नाक्रममा आधारित सवै दोषीहरुलाई कारवाही गर्नुकोसट्टा उल्टै प्रहरी प्रशासनले जाहेरी दर्ता गर्न नमानेकोले न्याय प्राप्तीकोलागी विभिन्न संघ संस्था, राजनीतिक दल, नागरिक समाज, झापा उद्योग वाणिज्य संघ ,झापा उद्योग संघ, मानव अधिकारकर्मी विभिन्न गैरसरकारी संघ–संस्थाको उपस्थितिकासाथ अनुरोध गर्दा समेत किटानी जाहरी दर्ता नगराएको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्: