विप्लव माओवादी द्धारा जग्गा कब्जा

सिन्धुपाल्चोक । वैद्य माओवादीबाट अलग्गीएर नयाँ पार्टी गठन गरेका विप्लव माओवादीले एकपछि अर्को जग्गा कब्जा गर्दै आएका छन् । यसै क्रममा यो माओवादीले सिन्धुपाल्चोकमा पूर्व्सिँचाइमन्त्रीको ३५० रोपनी जग्गा कब्जा गरेको छ । पूर्ववनमन्त्री नेत्रविक्रम थापाको सिन्धुपाल्चोकको डाँडेगाउँ गाविस,भीमटारमा रहेको जग्गा विप्लव माओवादीले कब्जा गरेको हो ।

उसले बिहीबार पार्टीको झन्डा गाडेर थापाको जग्गा कब्जा गरेको जनाएको छ । विप्लव माओवादीका जिल्ला सह–सेक्रेटरी चिरङ तामाङले पूर्व्सिँचाइमन्त्रीको जग्गा पार्टीले कब्जा गरेको जानकारी दिए । उनका अनुसार पुरानो पञ्च ले फट्याइ र जालेझेल गरेर जनताको जग्गामा हैकम चलाएकाले माओवादीले जग्गा कब्जा गरेको हो ।

यसअघि पनि थापाको जग्गा माओवादीले कब्जा गरेको थियो । शान्ति प्रक्रिया आएपछि भने त्यो जग्गा थापाले नै भोगचलन गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्: