फरार अभियुक्त पक्राउ

बिर्तामोड । डकैती मुद्धामा फरार भएका प्रतिवादी ११ वर्षपछि झापाको शनिअर्जुन नगरपालिकाबाट पक्राउ परेका छन् ।

सोही ठाउँ निवासी ४३ वर्षीय कमल विक शुक्रवार पक्राउ गरीएको शनिस्चरे प्रहरी चौकीका प्रमुख सार्कीधन राईले बताएका छन् ।

६ बर्ष अगाडी सर्वोच्च अदालतले नौ वर्ष जेल सजाय र १० हजार ३ सय ५० जरिवाना तोकेपनि उनी फरार रहेका थिए । २०६१ सालमा सुरुङ्गा बजारमा डकैती काण्डमा उनी संलग्न रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: