माओवादी नेता पक्राउ

बिर्तामोड । भारत प्रहरीले शुक्रवार एक माओवादी नेतालाई पक्राउ गरेको छ । भारतीय कम्युनिष्ट पार्टी माओवादीका शीर्ष नेता शिवप्रसाद सिंहलाई पक्राउ गरेको राँचीका एसएसपी प्रभात कुमारले पुष्टि गरेका हुन् ।
उनलाई पक्राउ गर्नेलाई भारत सरकारले २५ लाख रुपैया पुरस्कार दिने घोषणा गरेको थियो । संगठन निर्माणको सिलसिलामा राँची पुगेका बेला स्थानीय प्रहरीले उनलाई पक्राउ गरेको भारतीय संचार माध्यमले जनाएका छन् । । पार्टीमा उनी पवन, रोहित र रीतालको नामले चिनिन्थे ।

 

सिंह विहारको जगानावाद जिल्लाको करोना क्षेत्रका हुन् । बिहराको औरंगावाद अदालतमा उनी विरुद्द थुप्रै अभियोग दर्ता छन् । बिहार सरकारले पनि उनका बारे सूचना दिनेलाई १० लाख पुरस्कार दिने घोषणा गरेको थियो । प्रहरीले सिंहसँग नियमित सोधपुछ गरिरहेको र उनीसँग अन्थ थुप्रै माओवादी नेताहरुको नजिकको सम्बन्ध रहेको प्रहरी दाबी छ, ।

प्रतिक्रिया दिनुहोस्: