दुई दिनसम्म मृत अवस्थामा रहिनन् ललीता परिवार घरमा थिएनन ।

एजेन्सी । हिन्दी सिनेमामा केहि यस्ता कलाकार भए । जसले आफ्नो करियरमा धेरै राम्रो काम, नाम ,दाम कमाए तर, उनीहरुको अन्तिम समय अध्यारोमा गुज्रियो ।

यस्तै दौरानको एउटा नाम हो जमानाकी मशहूर अदाकार ललिता पंवार । उनी आज हाम्रो साथमा भए ९९ बर्षकी हुन्थीन । सिल्वर स्क्रीनमा कहिले कडा सासु कहिले जमेर आमाको किरदार जीवन्त गर्ने कलाकार ललिता पवारको जन्म १८ अप्रिल १९१६ मा महाराष्ट्रकोे नासिकमा भएको थियो । करिब ६ सय फिल्ममा आफ्नो बेहत्तरीन कला देखाइसकेकी ललिता पवारको पूरा नाम अंबा लक्ष्मण राव शागुन थियो । ललिता फिल्ममा प्रबेश बालकलाकारदेखि नै भइन् ।
उनले आफ्नोे सिने करियरमा श्री ४२०, नौ दो ग्यारह, सुजाता, हम दोनों, प्रोफेसर, सौ दिन सास के, मि.एन्ड मिसेज ५५ र आँखें जस्ता यादगार फिल्ममां काम गरेकी थिइन् । मशहूर फिल्मकार ऋषिकेश मुखर्जीले ललिता पवारको प्रतिभाको नयाँ दिशा दिए । उनले १९५९ मा आएको आफ्नो फिल्म ’अनाड़ी’मा ललितालाई जमेर, तर भित्रदेखि कोमल ‘मिसेज डिसूजा’ को भूमिका दिए । यस किरदारले दर्शको मात्र दिल जितेन उनलाइृ बेस्ट सपोटिर्टग एक्ट्रेस को ‘फिल्मफेयर अवार्ड’ पनि दिलायो । त्यसपछि ललिताले कहिल्लै पछाडी पर्किनु परेन ।

उनी राजेश खन्ना र अमिताभ स्टारर कालजयी फिल्म ‘आनन्द’ मा उनीद्धारा खेलिएको मेटरन को भूमिकालार्य कसैले भुल्न सक्दैन । जब रामानन्द सागरले धार्मिक सीरियल ‘रामायण’ बनाए त्यसमा ं मन्थरा दासीको रोलको लागि उनलाई ललिता पवार भन्दा बेहतरीन काही आर्टिष्ट देखेनन् ।
१९९० मा ं ललिता पवार जिब्रोको क्यान्सर भयो । त्यसपछि उनी उपचारको सिलसिलमा पुर्णे गइन् । क्यान्सलले गर्दा वोजन मात्र कम भएन उनको मानसिक अवस्था पनि कमजोर भयो । २४ फरवरी १९९८ मा जब ललिता पवारको मृत्यु भयो तब उनी घरमा एक्लै थिइन ।

छोरा बुहारी पति राजप्रकाश गुप्ताको उपचारको लागि मुम्बई गएका थिए । २६ फरवरी १९९८ पतिले ललितालाई फोन गरे तर, फोन उठेन । त्यसपछि छिट्टै परिवार पुर्णे आफ्नो घर पुगे त्यहाँ ललिता पवारको लास लडीरहेको थियो । पोस्टमार्टमबाट थाहा भयो उनको २ दिन पहिले २४ फरवरीमा मृत्यु भइसकेको थियो । उनी अहिले हामीमाझ छैनन् तर, उनले गरेको भुमिका सधै हाम्रो माथ रहिरहने छ ।

प्रतिक्रिया दिनुहोस्: