रेखा थापाको स्थान शिल्पा पोख्रेलले लिन सफल होलिन् त ?

नेपाली फिल्म क्षेत्रमा निर्माता छविराज ओझाले भित्राएका कलाकार फिल्म क्षेत्रमा हिट छन् ।

विशेषगरी, अभिनेता राजेश हमाल र अभिनेत्री रेखा थापा , अभिनेता आर्यन सिग्देल फिल्म क्षेत्रमा हिट नै देखिन्छन् । यसैले पनि छविराज ओझालाई फिल्म क्षेत्रमा ’बा’ भन्ने गरिन्छ । अभिनेत्री रेखा थापालाई ‘हिरो’ फिल्मबाट भित्राएका छविले १० बर्षसम्म उनीसँगै जिवन पनि बिताए । रेखा सुपरस्टार अभिनेत्री भइन्न् , छवि पनि हिट निर्माता भए । तर, रेखा सुपरस्टार भएपछि अहिले छविसँग अलग छिन् ।
सुपरस्टार बनेपछि रेखा थापा छबिको जिवन र क्याम्पबाट टाढा भइन्् । छविले नयाँ अभिनेत्रीको खोजी गरे जो रेखाको स्थानमा पुग्न सकोेस् । उनले खोजेकी पहिली अभिनेत्री रजनी केसी खासै सफल हुन सकिनन् । यसपछि भने उनले फिल्म ’लज्जा’ मार्फत शिल्पा पोख्रेललाई भित्राए ।
‘लज्जा’ हिट भएपछि छविको सपना पूरा गर्ने छनक देखाएकी शिल्पाको अहिले हाईहाई छ । विशेषगरि, उनले अभिनय गरेको फिल्म ’हवल्दार सुन्तली’ले बम्पर ब्यापार गरेपछि शिल्पाका लागि छवि फापेका छन् । फिल्म क्षेत्रमा अब शिल्पा पनि रेखाकै लयमा लागिन् भन्ने भनाई सुनिन थालिएका छन् ।
विशेषगरि, एक्सन फिल्म ’हवल्दार सुन्तली’मा शिल्पाको अभिनयको तारिफ पनि खुबै भएको छ । शिल्पा छविको घोषित दुई फिल्ममा काम गर्ने पक्का भैसकेको छ । के छवि ओझाले भित्राएकी शिल्पा पोख्रेल रेखा थापाको स्थान लिन सफल होलिन् त ?
शिल्पाको सफलताको कडीले यस्तै छनक देखाएको छ । फरक यत्ती छ रेखा गसिप र चर्चासँग डराउँदैनथिन्न, शिल्पा यसमा अली नै बढी ध्यान दिने गर्छिन् । नेपाली फिल्म क्षेत्रमा अर्की रेखा थापाको रुपमा शिल्पा पोख्रेल जन्मिएको खण्डमा यसले फिल्म क्षेत्र र शिल्पा दुबैलाई फाइदा पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्: