अरुको नक्कलमा रमाउने नेपाली चलचित्रकर्मी

नेपाली चलचित्र कलाकारहरु अरुको सिको गरेकै कारण असफल भएका छन्् । नेपाली चलचित्र बजारमा आफुले नयाँ कुरा दिने भन्दानि अरुले के गर्छ त्यसको सिको गर्ने अवस्था भएको देखिन्छ ।
कुनै समय अभिनेता राजेश हमालले एक्सन गर्दा फिल्म चल्थ्योे । सबैले राजेश हमाललाई यस्तै फिल्ममा अभिनय गराउने भन्दै हिड्थे । हमालले पनि हातमा आएका जती सबै फिल्म गर्न भ्याए । त्यसैले सायद अहिले उनी यही कुराले पछुताउँदै होलान् ।
अभिनेता निखिल उप्रेती र विराज भट्टको हकमा पनि यस्तै छ । फिल्ममा द्धन्द्ध चलेपछि मानिसहरु दुई अभिनेतालाई लिएर फिल्म बनाउन तम्सीए । हाल विराजको द्धन्द्धले काम गर्न छाडेको छ, निखिल कमब्याक गरेर अग्नीपरिक्षा दिदैछन् ।

संगीत चलेको खण्डमा संगीतकै पछि लाग्ने, कलाकार चलेको समयमा कलाकारकै पछि लाग्छन् नेपाली फिल्मकर्मी ।
केही बर्ष अगाडि नेपालमा अश्लिल फिल्मको ट्रेन नै आयो । फिल्मीकर्मीहरु सेक्स दृश्य समावेश भएका र दोहोरो अर्थ लाग्ने शब्दले फिल्म चल्छ भनेर पछि लागे । यसले नेपाली फिल्ममा विकृती नै ल्यायो र यो क्षेत्र बिग्रियो ।
अहिले यस्तै शैलीको पछाडि फिल्मीकर्मी दौडिएका छन् । अब नेपालमा आफूले बनाएका फिल्मको सिक्वेल बनाउने लहर नै चल्दैछ । केही फिल्म त बनिसके भने कतीपय बन्ने तयारीमा छन् । बलिउडमा सिक्वेल बनाउने शैली नयाँ नभएपनि नेपालमा नाई नभन्नु ल ले यो शैली फिल्मीकर्मीलाई बसाइदिएको छ ।

राजकुमार राइले कुनै समय पापी मान्छेको सिक्वेल बनाएर असफलता भोगेका थिए भने दिपक श्रेष्ठले हिम्मतको सिक्वेल बनाउँदा डुबेका थिए । तर, नाई नभन्नु ल ३ वटा सिक्वेलसम्म सफल भएपछि फिल्मीकर्मी यसकै पछाडि दौडन थालेका छन् । अहिले भटाभट आफूले निर्माण गरेका फिल्मको सिक्वेल बनाउने लहर सुरु भएको छ । आफूले के गर्ने भन्दा पनि अरुले के ग¥यो र पैसा कमायो भन्ने रोगले ग्रसित हुँदा नेपाली फिल्ममा समय समयमा यस्तो समस्या देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्: