ताप्लेजुङ्गका आगलागी पीडितलाई सहयोग

भद्रपुर । नेपाल राष्ट्रिय वाणिज्य संघ विर्तामोडले ताप्लेजुङ्गका आगलागी पीडितलाई आर्थिक तथा भौतिक सहयोग प्रदान गरेको छ ।

संघका जिल्ला अध्यक्ष प्रल्हाद ओली तथा विर्तामोड अध्यक्ष सुवास भट्टराइको नेतृत्वमा आएको टोलीले नगद १ लाख १५ हजार सहित १ लाख ७९ हजार मूल्य वरावरका लत्ता कपडा र जुत्ताचप्पल झापाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेल मार्फत ताप्लेजुङ्गका आगलागी पीडितलाई पठाएको हो ।

संघले विर्तामोड क्षेत्रबाट सहयोग रसिद मार्फद नगद तथा भिभिन्न व्यक्ति र व्यापारिक संस्थानबाट कपडा तथा जुत्ताचप्पल संकलन गरी सहयोग गरेको विर्तामोडका सचिव यम विमलीले जानकारी दिए । प्रजिअ पौडेलले सहयोगी भावनाले पीडितलाई राहत पुगेको बताउँदै यथासक्य सहयोग सामग्री र रकम ताप्लेजुङ्गका आगलागी पीडितलाई पुर्याइ दिने जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्: