पुरस्कार वितरण कार्यक्रम सम्पन्न

प्रेमराज चिमरिया
बिर्तामोड । निजी स्तरबाट संचालित उच्च माध्यमिक बिद्यालयहरुको संगठन हिसानको आयोजनामा बिर्तामोडमा आईतवार सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

हिसानका अध्यक्ष प्रेमप्रसाद भट्टराईको अध्यक्षतामा मनकामना उच्च मावि विर्तामोडमा सम्पन्न कार्यक्रममा हिसानद्धारा सञ्चालित कक्षा ११ र १२ का परिक्षाहरुमा सर्वोच्च अंक प्राप्त गर्ने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरीएको थियो ।

जिल्लाका उच्च माविहरुको सहभागिता रहेको सो कार्यक्रममा प्रमुख अतिथि तथा हिसानका केन्द्रिय सदस्य जयबहादुर श्रेष्ठ रहेका थिए । विद्यार्थीहरुमा प्रतिस्पर्धाको भावना बढाउन उत्प्रेरित गर्ने उदेस्यले कार्यक्रमको आयोजना गरीएको बताईएको छ ।

झापामा सञ्चालित विभिन्न संकायका उच्च अंक प्राप्त गर्ने विद्यार्थीहरुलाई सम्मान गरीएको सो कार्यक्रममा सुरेश बहादुर पौड्याल, गौतम सर्मा सिवाकोटी, टेकनाथ भण्डारी लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्: