सहिदको संझनामा कार्यक्रम

भद्रपुर । लोकतान्त्रिक सहिदको संझनामा झापाको भद्रपुरमा विविध कार्यक्रम सम्पन्न भएको छ । सहिद शुरज विश्वासको नवौ स्मृति दिवसको अवसर पारेर चन्द्रगढी एयरपोर्ट जीप तथा ट्याक्सी व्यवसायी संघले आफ्नो सामुदायीक भवन शिलन्यास गरेको छ ।

सहिद विश्वास संघमा रहेर ट्याक्सी चालकको रुपमा रहदै आएको अवस्थामा जनआन्दोलामा परि शहिद भएकाले सोही दिनको अवसरमा भवनको शिलन्यास गरेको हो । भद्रपुर–१० एयरपोर्ट अगाडी संघले खरिद गरेको १ कट्ठा जग्गामा पहिलो चरणमा ३२ लाखको लागतमा एउटा हल र दोस्रो तलामा २० लाखको लागतमा पाँचकोठे भवनको निर्माण गरिने बताइएको छ ।

कार्यक्रमका प्रमुख अतिथी समाजसेवी धनजुजु श्रेष्ठले भवनको शिलन्यास गरेका थिए । संघका अध्यक्ष विजय श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहिद पिता सुरज विश्वास, संघका सल्लाकार जीवन कुमार श्रेष्ठ, भद्रपुर नगरपालीकाका कार्यकारी अधिकृत सन्तोष घिमिरे लगायतले वोलेका थिए । सोहि कार्यक्रममा २ महिला सहित ३१ जनाले रक्त दान गरेका थिए ।
त्यसैगरि भद्रपुर विषेश नगर इलाका समिती एमालेले सहित विश्वास र राजन गिरीको स्मृति दिवस मनाएको छ । भद्रपुृरमा निर्माणाधिन विश्वासको पार्क परिसरमा कार्यक्रमक गरेका हो । कार्यक्रममा प्रमुख अतिथी एमालेका सभासदद्धय रविन कोइराला र जितु गौतमले सहिदको योगदानलाइ भुल्न नसकिने बताए ।

यहि संविधान सभाले जसरी भएपनि संविधान जारी हुनेमा संका नगर्न आग्रह गरेका छन् । सहिद पिता विश्वासले संविधान चाडो भन्दा चाडो बनाउन आग्रह गरे । उनले फेरी देशमा रक्तपात नहोस जेठ १५ भित्रमा संविधान दिन अनुरोध गरेका छन् । कार्यक्रममा पत्रकार चिन्तामणि दहाल, नेपाली काँग्रेसका गणेश पोखरेल, एमालेका हरि तिम्सिनालगायतले वोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्: