हरिणको मासु सहित भरुवा वन्दुक पक्राउ

भद्रपुर । सशस्त्र प्रहरी सीमा सुरक्षा बल भद्रपुरले हरिणको मासु सहित भरुवा वन्दुक लगायत झापाका बिभिन्न स्थानबाट अन्दाजी ३ लाख ७३ हजार ४सय मूल्य वरावरको अवैध सामाग्री तथा तस्करीमा संलगन दुई मोटरसाइकल बरामद गरेको छ । प्रहरीले बरामद गरिएको सामान मेची भन्सार कार्यालय काँकरभिट्टालाई बुझाएको हो ।
सशस्त्रको गस्ती टोलीले गए राती भद्रपुरस्थित मेचीवगरमा गाडिएको अवस्थामा एक लाख ७१ हजारको एक सय ९० पिस कुर्ता सरुवाल,महेशपुरतथा वनियानी क्षेत्रवाट एउटै मोटरसाइकल अगाडी पछाडि अंग्रेजी र नेपालीमा फरक फरक नम्बरकोे को ३ प ९०८३ र को ३ प १०८३ नक्कली नम्बर भएको यमाहा मोटरसाइकलमा ल्याउदै गरेको ४४ हजारको ८ सय ८८ पिस ब्लाउजको कपडा सहित अन्दाजी ४० हजार मुल्य वरावरको मोटरसाइकल बरामद गरिएको सशस्त्र प्रहरी सीमा सुरक्षा बल भद्रपुरले जनाएको छ ।
यसैगरी घेरावारी सशस्त्र प्रहरीले मे ३ प २०२५नम्बरको डिस्कोभर मोटरसाइकलमा ल्याउँदै गरेको १ लाख १८ हजारको अवैध सामान बरामद गरेको छ । ३९ हजार मूल्य वरावरको ३९ पिस कुर्ता सरुवाल, ३९ हजारको जरर्ती भरेको साडी १३ पिस र ४० हजारको को मोटर साइकल बरामद गरिएको एसपी प्रेमराज पोखरेलले बताए । सशस्त्र गस्ती टोलीले खुदुनावारी जङ्गलवाट एक भरुवा वन्दुकसहित हरिणको सिङ्, छाला गरि ८ किलो मासु समेत बरामद गरेको बताएको छ ।

सवै सामाग्रीलाई प्रहरीले कार्यालयमा पत्रकार समेलन गर्दै सार्वजानिक गरेको हो । बरामद समाग्रीमध्ये बन्दुक जिल्ला प्रहरी कार्यालय, मासु वन कार्यालय र बाकी मेची भन्सार बुझाइने एसपी पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्: