अधकट्टीको एल्बम विमोचन

नेपाली चलचित्रमा संगीतको बजार छैन । संगीतले चलचित्र चलाउन खोजे पनि निर्मातालाई चलाउन सक्ने अवस्था छैन । गीत जतिसुकै राम्रो भएपनि त्यसले रकम कमाउन सक्दैन । त्यसैले पनि निर्माताहरुले गीतलाई त्यती महत्व दिदैनन् । गीत सार्वजनिक गर्नु भनेको सामान्य काम भएको उनीहरुको सोच हुन्छ ।
तर, सोमबार बेलुकी काठमाण्डौमा छुट्टै रौनक देखियो । कुनै अवार्ड समारोह जस्तो लाग्ने गरि फिल्म अधकट्टीको एल्बम विमोचन गरियो । एल्बम विमोचन गर्नका लागि फिल्म क्षेत्रका चचिर्च ९ अभिनेत्री निम्त्याइएका थिए ।

९ अभिनेत्रीबाट फिल्मका प्रस्तुतकर्ता प्रदिप कुमार उदयले एल्बम बिमोचन गराए । अभिनेत्रीहरु करिश्मा मानन्धर, झरना थापा, प्रियंका कार्की, ऋचा शर्मा, नम्रता श्रेष्ठ, निता ढुंगाना, शिल्पा पोख्रेल, हषिर्षा श्रेष्ठ र दिपाश्री निरौलाले एल्बम बिमोचन गरे । ९ अभिनेत्रीले एल्बम विमोचन गरेसँगै कलाकार एकपछि अर्को प्रस्तुती दिए । फिल्मका ४ गीतमा मुख्य कलाकारहरु रिस्ता बस्नेत, गौरव पहारी, अशिष्मा नकर्मी, प्रदिप बाँस्तोला, नम्रता श्रेष्ठ, विल्सन विक्रम राइले आफ्नो प्रस्तुती दिएका थिए ।
एलसीडी पर्दामा कलाकारले एकपछि अर्को प्रस्तुती दिइरहँदा माहोल पुरै रोमाञ्चित बन्न पुगेको थियो । नेपाली फिल्मको एल्बम बिमोचन यति भव्य यसअघि विरलै देखिएको थियो । द्धारिका उदयको ब्यानरमा निर्माण भएको यो फिल्मलाई संचारकर्मी सुव्रत आचार्यले निर्देशन गरेका हुन् ।

जेठ ८ गतेबाट चल्ने यो फिल्म पूर्णतया कमेडी कथामा तयार पारिएको छ । फिल्ममा गजित बिष्ट, गौरव पहारी, विल्सन बिक्रम राई, प्रदिप बाँस्तोला, आशिष्मा नकर्मी, रिस्ता बस्नेत आदिको अभिनय रहेको छ । फिल्मलाई बसन्त सापकोटाले संगीत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्: