५ बर्ष पछि निखिल सक्कली सिक्स प्याक्स देखाउँदै ।

नेपाली फिल्मका अभिनेताहरुले आफ्नो शरीरलाई त्यती ध्यान दिएको देखिदैन । सिक्स प्याक्सको चलन बलिउडमा धेरै चर्चीत पाइन्छ । त्यसकारण पनि होला नेपाली अभिनेताहरुको शरीरको आलोचना हुँदै आएको पाइन्छ ।
करिब ५ बर्ष नेपाली फिल्मबाट एकाएक हराएका अभिनेता निखिल उप्रेती अहिले ’भैरव’ फिल्मबाट फकिर्कका छन् । आफैले निर्माण तथा निर्देशन गरेको यो फिल्मबाट निखिलले नेपाली फिल्ममा फेरि नयाँ एक्सनको सुरुवात गर्छन् भन्ने दर्शकको भनाई छ ।
तर, निखिलले यो फिल्ममा यती मात्र देखाउने छैनन् । यो फिल्ममा निखिलको सिक्स प्याक्स देख्न सकिन्छ । हालै मात्र सार्वजनिक भएको यो फिल्मको पोष्टरमा निखिलको सिक्स प्याक्स छ ।
निखिलले ५ बर्षमा निर्देशक बन्ने खुबी मात्र लिएका छैनन, आफ्नो शरीर पनि बनाएका छन् । केही दिनमा नै आयोजना हुने फिल्मको एक कार्यक्रममा निखिल सर्ट उतारेर सक्कली सिक्स प्याक्स देखाउँदैछन् ।

प्रतिक्रिया दिनुहोस्: