छात्रवृति वितरण

विर्तामोड । महेन्द्रज्योती उच्च माध्यमिक बिद्यालय गरामनीले बुधबार शान्तिधन अक्षयकोष छात्रबृत्ति बितरण गरेको छ । कक्षा ११ र १२ मा अध्ययनरत गरिब तथा जेहेनदार २५ जना बिद्यार्थीलाई ३ हजार, २ हजार र एकहजार जनही पुरस्कृत गरिएको हो । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष टिकाराज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सह–प्राचार्य जय कुमार झा ले गरेका थिए भने कार्यक्रममा प्राचार्य देशु वनेम, देवि प्रसाद दंगाल र प्रेम पौडेलले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्: