निखिल फर्के आर्यन भए खुशी

नेपाली चलचित्रका अभिनेता आर्यन सिग्देल अहिले आफ्नो भन्दा धेरै अरु अभिनेताको जानकारी राख्छन् । उनी हाल अभिनेता निखिल उप्रेती र जिवन लुइटेलको जानकारी राख्छन् । निखिल ५ बर्षपछि फिल्म क्षेत्रमा कमब्याक भएका छन् भने जिवन भने अहिले अमेरिकामा नै छन् ।
अभिनेता निखिलले निर्माण, निर्देशन तथा अभिनय गरेको फिल्म भैरवको ट्रेलर सार्वजनिक नहुँदै अहिले चर्चामा छ । यो फिल्मको द्धन्द्धको पाटो त बबालै भएको सुनेका आर्यन दंग छन् । उनलाई निखिल उप्रेती फेरि द्धन्द्धमा जमिदिए हुन्थ्यो भन्ने लागेको छ । यसको मुख्य कारण छ, उनीमाथि आएको प्रेसर ।
फिल्म क्षेत्रमा अभिनेताको अभाव हुँदा आर्यनलाई भ्याई नभ्याई भएको छ । द्धन्द्धका फिल्मदेखि कमेडी र लभस्टोरी फिल्म नै उनको भागमा परेको छ ।निखिल र आर्यन नजिक मानिन्छन् । निखिल उप्रेतीको भैरव सफल भइदिए आफूलाई द्धन्द्धको अफर कम आउने वुझाई उनको छ । जसका कारण काम गर्न सजिलो हुने आर्यन बताउँछन् । यस्तै, अभिनेता जिवन लुइटेल पनि नेपाल फर्केको खण्डमा आफूलाई आएका अफर उता पनि जाने आर्यनको भनाई छ ।
आएका जति सबै अफर गर्न पनि नसकिने, फेरि नगरौ भनेपनि अरुको चित्त दुखाउन मन नलाग्ने भएकाले समस्या भएको आर्यन बताउँछन् । यसैले उनी अहिले निखिलको भैरवको बारेमा खुबै जानकारी राखिरहेका छन् । स्मरण रहोस्स आर्यनले अभिनय गरेको द्धन्द्धात्मक फिल्म नाईके र अलबिदाको प्रचारमा पनि निखिल देखिएका थिए ।

प्रतिक्रिया दिनुहोस्: