राजदूत कार्कीलाई पितृशोक

काठमाडौं । अमेरिकाका लागि नवनियुक्त राजदूत डा.अर्जुन कार्कीलाई पितृशोक परेको छ । कार्कीका पिता रत्नबहादुर कार्कीको बिहीबार अपरान्ह कोटेश्वरस्थित निवासमा निधन भएको हो । ८८ वषिर्ष कार्की विगत केही समयदेखि निमोनिया लगायतका रोगबाट ग्रसित भएका थिए । कार्कीलाई बुधबार राजधानीको नर्भिक अस्पतालबाट केही दिनको उपचारपछि डिस्चार्ज गरिएको थियो । कार्कीका राजदूत कार्कीसहित तीन छोरा र दुई छोरी छन् । कार्कीको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्: