अपहरणको धम्की दिने पक्राउ

बिर्तामोड । पाँचथरको रानीटार ९ वस्ने मन वहादुर राईका छोरालाई अपरहण गरी रकम असुल गर्न खोज्ने एक ब्यक्तिलाई प्रहरीले विर्तामोडवाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पाँचथरको रानीटारकै चन्द्रप्रकाश फागो रहेको प्रहरीले जनाएको छ ।
उनले राइका छोरा क्षितिजलाई अपहरण गर्ने धमकी दिंदै रकम असुल गर्ने एसएमएस पठाएको आरोप प्रहरीले लगाएको छ । झापाको बिर्तामोडमा बस्दै आएका फागोलाई बिर्तामोडबाट पक्राउ गरी पाँचथर पठाइएको बिर्तामोड प्रहरीले जनाएको छ ।
फागोका ७ बर्षिय छोरा क्षितिज बिर्तामोडको टावर टेम्पल स्कुलमा अध्ययनरत छन् ।
पक्राउ परेका फागोलाई जिल्ला अदालत पाँचथरबाट ७ दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको पाँचथरका डिएसपी दिपक पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्: