भारतलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं । भारतलाई पराजित गर्दै साविकको विजेता नेपाल एएफसी यू–१४ गर्ल्स क्षेत्रीय च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको पहिलो सेमिफाइनलमा नेपालले भारतलाई १–० गोल अन्तरले पराजित गर्यो । दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि ४६ औं मिनेटमा निर्मला उपाध्यायले गोल गरेकी थिइन् ।
खेलको ५५ र ६२ औं मिनेटमा भारतले २ पटक काउन्टर मुभ बनाएको थियो । तर, नेपाली गोलरक्षक राबिता कुमारीले उत्कृष्ट बचाउ गर्न सफल भइन् ।

६५ औं मिनेटमा नेपालले गोल गरेको थियो । त्यसलाई रेफ्रीले अफसाइड दिए । नेपालले उपाधिका लागि बंगलादेश र इरानबीचको विजेतासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्: