लीगमा कस्को कती ?

झापा । ए डिभिजन फूटवल अन्र्तगत जारी राष्ट्रिय लीग मध्यान्तरमा पुग्ने अवस्थामा छ । मध्यान्तरमा पुग्दै गर्दा लीग झन् रोचक बन्दै गएको छ । लीगको दाबेदार मानिने राष्ट्रिय टिमले उल्लेख्य नतिजा निकाल्न सकेका छैनन भने यसै बर्ष खेलमा प्रवेश गरेको झापा ११ दोस्रो स्थानमा रहेको छ । झापा ११ गतबर्षको एन्फा कप बिजेता पनि हो ।
लीगमा ७ खेल खेलेको शसस्त्र प्रहरी (एपीएफ) को टिमले सर्वाधिक १४ अंक जोडेको छ । एपीएफले ४ जीत २ बराबर र १ हार ब्यहोरेर लीगमा १४ अंक जोडेको छ । त्यती नै खेल खेलेको झापाले ४ जीत १ बराबर र २ हारकोको नतिजा निकालेको छ । झापा १३ अंक साथ दोस्रो स्थानमा छ ।
लीगमा अहिलेसम्म अपराजित आर्मीले २ जीत ५ बराबर खेल्दै ११ अंक जोडेको छ । यससँगै उपाधिमा दाबेदार भनेर चर्चामा आएको मनाङले खेलेको ६ खेलमा ३ जीत, २ बराबर र १ हारको नतिजा निकालेको छ । अहिलेसम्म ६ खेल खेलेको थ्री स्टार क्लबले ३ जीत, २ बराबर खेल्दै ११ अंक छ । डिफेन्डीङ्ग च्याम्पीयन नेपाल प्रहरीले यो सिजनमा आशातित प्रदर्शन गर्न सकेको छैन । प्रहरीले ६ खेलमा २ जीत, १ बराबर र ३ हार ब्यर्होदै ७ अंकमा चित्त बुझाएको छ ।
झापा बाहेक क्षेत्रिय टीमहरु पनि यो सिजनमा निरिह साबित भए । सुदुरपश्मिाञ्चलले खेलेको ८ खेल मध्ये १ जीत, ४ बराबर र ३ हार ब्यहोर्दै ७ अंक जोड्न सफल भएको छ । यसैगरी मोरङले ४ बराबर, ३ हारको नतिजा निकाल्दै ४ अंक जोडेको छ । त्यस्तै लुम्बिनी फूटवल क्लबले ८ खेलमा १ जीत र ७ हारको नतिजा निकाल्दै ५ हारमा छ ।
शनिबार झापाको डोमालाल रंगशाला झापाको मोरङसँग भिडन्त हुँदैछ । झापा स्पस्ट तीन अंक जोड्न उत्साहित छ भने मोरङ कम्तीमा बराबरी गरेर अंक खोस्ने ध्याउन्नमा छ ।

प्रतिक्रिया दिनुहोस्: