लोडसेडिङ घट्यो

काठमाडौ । नेपाल विद्युत प्राधिकरणले शनिबार देखि लागु हुनेगरी लोडसेडिङको समय तालिकामा पुनः फेरबदल गरेको छ । कुलेखानी जलासयको पानी सन्चिती अनुकूल रहेकाले साविकमा हुँदै आइरहेको लोडसेडिङ तालिकामा हेरफेर गरिएको’ प्राधिकरणले जनाएको छ ।
परिवर्तन भएको तालिका अनुसार अब सातामा ४७ घण्टा मात्रै लोडसेडिङ हुने छ ।
यसअघि सातामा ५५ घण्टा लोडसेडिङ हुँदै आइरहेको थियो । अब एक हप्तामा ४ दिन ६ घन्टा, दुईदिन ८ घन्टा र एकदिन ७ घन्टा मात्रै लोडसेडिङ हुनेछ ।

प्रतिक्रिया दिनुहोस्: