भूकम्पमा परी ज्यान गुमाउनेको १८ सय ८३

काठमाडौं । शनिबार आएको विनाशकारी भूकम्पका कारण देशभरमा एकहजार पाँचसय भन्दा बढीले जनाले ज्यान गुमाएका छन् भने काठमाडौं उपत्यकामा मात्र ७७० जनाको मृत्यु भएको छ । मुलुकभर हजारौको संख्यामा घाइते भएका छन् । सुचना तथा सञ्चारमंन्त्री मिनेन्द्र रिजालले ज्यान गुमाउनेको संख्या तेब्बर हुने जनाएका छन् । मृत्यु हुने र घाइतेको संख्या अझै आउँदै गरेको छ ।

भूकम्पको त्रासले सडक र चौरमै वित्यो रात
विनाशकारी भूकम्पलको धक्काका कारण उपत्यका बासिन्दाहरुले मंगलबार राती सडकमै रात बिताएका छन् । राति अबेरसम्म पनि भूकम्पको धक्का महसुस गरेपछि धेरै मानिस घरमा बस्न सकेका छैनन् । उपत्यकाको संविधानसभा भवन, टुडीखेलसहितका अधिकांश खुला स्थानमा मानिसहरु जम्मा भएर रात बिताएका छन् ।
विहान ११ बजेर ५६ मिनेटमा गोरखाको बार्पाकलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो । त्यसपछि राति सवा १० बजेसम्ममा २५÷२६ पटक भन्दा बढी भूकम्पको धक्का महसुस भएको छ । राती १२ बजे विभिन्न स्थानमा मानिसहरु सुतेका थिएनन् । । उनीहरुको अनुहारमा फेरी भूकम्प आउँछ भन्ने डर थियो । भूकम्पमा धराहरा, बसन्तपुरसहितका ऐतिहासिक स्थानहरु ध्वस्त भएको छ । काठमाडौं उपत्यकामा मात्र ७ सय ७० जनाको मृत्यु भइसकेको छ । यो ९० शाल पछीको सबै भन्दा ठुलो भूकम्प भएको बताईन्छ । भूकम्पका कारण २९ जिल्ला प्रभावित बनेको छ ।

शैक्षिक संस्था एक सातासम्म बन्द गर्ने सरकारी घोषणा

भूकम्पको महाविपत्तिपछि सरकारले एक सातासम्म सबै शैक्षिक संस्था बन्दको घोषणा गरेको छ । साथै राहत तथा उद्दारमा जुट्न शिक्षक र विद्यार्थीहरुलाई आहृवान गरेको छ । शिक्षा मन्त्रालयले सबै विद्यालय बन्द गरिएको बताएको हो ।

सहयोग आउन शुरु
भुकम्पबाट घाइते भएका नागरिकलाई उद्धार गर्न विभिन्न मुलुकले सहयोग तथा नेपाल पठाउन थालेका छन् । भारतवाट पठाइएका राहत सामाग्री नेपाल आइपुग्न थालेको छ भने अन्य देशहरुवाट नेपालमा राहत पठाउने क्रम जारी छ ।
अमेरिका सरकारले १० करोडको सहयोग सहित प्राकृतिक प्रकोप उद्धार टोली पठाउँदै छ भने, चीनले उद्धार र खोजीकालागि ६२ सदस्य तथा ६ कुकरसहित टोली पठाउँदै छ । पाकिस्तानले चारवटा सि १३० हवाइजहाँजसँगै दैनिक उपभोग्य वस्तु लगायत हस्पिटलका लागि चाहिने उपकरण लगायत आफ्नो उद्धार टोली पठाउँदै छ ।
त्यस्तै डाक्डर विथ आउट बोर्डरले पनि नेपालका लागि ३ हजार किट लगायत मेडिकल सप्लाइ पठाउन लागेको जानकारी प्राप्त भएको छ ।
च्यारीटी अमेरीकयर्सले खाना, कपडा, औषधि उपचार सामाग्री लगायत अन्य दैनिक उपभोग्य वस्तुहरू लैजानका लागि पहल गरीरहेको छ ।
गुगलले १० लाख डलरको सहयोग नेपाललाई दिने बताएको छ । क्यालीफोर्निया तथा भर्जि्नियावाट उद्धारटोली पनि नेपालका लागि जादैछ ।

प्रतिक्रिया दिनुहोस्: