दिनभर घर बाहिर बस्न गृहमन्त्रालयको आग्रह

बिर्तामोड । गृह मन्त्रालयले आज दिनभर घर बाहिर बस्न आग्रह गरेको छ । अहिले एक बिज्ञप्ति जारी गरी सर्वसाधारणलाई यस्तो आग्रह गरेको हो ।

पुनः भूकम्पको संभावना रहेको भन्दै यस्तो आग्रह गरेको बताईन्छ । यता छिमेकी राष्ट्र भारतले १५ हजार कम्बल र २५ सय थान टेण्ट सहित भारतीय विमान नेपाल पठाउने भएको छ । त्यस्तै भारतीय प्रधानमन्त्रि नरेन्द्र मोदीले राष्ट्रपति रामवरण यादवलाई फोन गरी भूकम्प गएर भएको क्षति प्रति दुख ब्यक्त गरेका छन् ।

भूकम्पबाट पुर्वमा १५ जना, काभ्रेपलाञ्चोकमा २६ जना, दोलखामा ६ जना, काठमाण्डौको बिर हस्पिटलमा हाल सम्म १५ जनाको मृत्यु भइसकेको समाचार छ । सिन्दुपाल्चोकमा एमाले नेता अरुण नेपालकी आमाको समेत भूकम्पकै कारण निधन भएको छ । यसैबिच एमाओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले आ–आफ्ना कार्यकर्ताहरुलाई यो बिपतीको घडिमा उद्धारमा सहयोग पुर्याउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्: