देशभर शक्तिशाली भूकम्प, २५ को मृत्यु

बिर्तामोड । शनिबार दिउँसो १२ बजे वि.संं. १९९० सालपछि नेपालमा सबैभन्दा ठूलो भूकम्प गएको छ । सबैभन्दा ठूलो तेर्सो धक्का होराइजन्टल सस्पेन्सन सहित सुरु भएको भूकम्पको त्रासबाट अझैसम्म पनि ढुक्क हुन सकिएको छैन । भूकम्पका कारण बिभिन्न हस्पिटलमा उपचार गराइरहेका मध्ये २५ जनाको मृत्यु भएको बताइन्छ ।

दिउँसो २ बजेसम्म राजधानीमा भूकम्पका ठूलै ११ वटा धक्का महशुस भइसकेका छन् । पहिलो पटकको धक्कापछि आएका अरू धक्काहरूमध्ये कुनैले ठाडो र कुनैले तेर्साे हल्लाइरहेका छन् । भूकम्पसम्बन्धी विश्वस्तरमै अध्ययन गर्ने र रेकर्ड राख्ने संयुक्त राज्य अमेरिकास्थित संस्था युएसजीएसले जनाए अनुसार भूकम्पको सबैभन्दा ठूलो धक्का लमजुङमा ७.९, झापामा ६.९ रेक्टर र राजधानीमा ७.५ रेक्टर स्केल रहेको छ ।

यसअघि नेपालका विभिन्न सञ्चारमाध्यमले चितवनमा ११.५ र राजधानीमा ७.५ रेक्टर स्केलको भूकम्प गएको उल्लेख गरेका थिए । भूकम्पका कारण राजधानीस्थित ऐतिहासिक धरहरा ढलेको छ भने रानीपोखरीस्थित नेपालको सबैभन्दा पुरानो विद्यालय दरबार हाइस्कुल भत्केको छ ।

राजधानीको बानेश्वरनजिक शान्तिनगरमा २ जना र सिन्धुपाल्चोकको जलविरेमा एक जनाको मृत्यु भइसकेको समाचार छ । त्यसैगरी मोरङमा र सप्तरीमा पनी १–१ जनाको मृत्यु भएको जानकारी आएको छ । जनधन क्षतिको विवरण आउने क्रम सुरु भएको छ । भूकम्पबाट राजनधानीका असन, इन्द्रचोक, कीर्तिपुर र भक्तपुरका विभिन्न स्थान, पुरानो ऐतिहासिक साँखु बजारलगायतका स्थानमा व्यापक क्षति भएको प्रारम्भिक तथ्य प्राप्त हुदैछ ।
भूकम्पबाट सिन्धुपाल्चोक, काभ्रे, रामेछापसहित पुर्वका सप्तरी पाँचथर, सुनसरी, मोरङ ताप्लेजुङ, ईलाम झापा लगायत देशभरका सबै क्षेत्रका धेरै घरहरु क्षतिग्रस्त भएका छन् । दर्जनौपटक भूकम्पको धक्का आइरहेपछि बानेश्वर क्षेत्रका धेरै मानिस अन्तराष्ट्रिय सम्मेलन केन्द्र (संविधानसभा परिसर) भित्रको चौरमा जम्मा भइरहेका थिए ।
भूकम्पको धक्का सिलगुढी, बिहार, उत्तर प्रदेशका विभिन्न जिल्ला हुँदै भारतको राजधानी नयाँदिल्लीसम्म महशुस गरिएकोे जनाइएको छ । भुकम्पका कारण केही समय मोवाइल, ईन्टरनेट र टेलिफोन समेत अवरोध भएको थियो भने झापामा बिधुत मोवाईल अझै पनि अबरुद्ध बनेको छ ।

प्रतिक्रिया दिनुहोस्: