देशभर शक्तीशाली भूकम्प

झापा । देशभर मध्यान्न १२ बजे ७.९ रेक्टर स्केलको भुकम्प गएको छ । पटकपटक गरी ८ चोटि धक्का महसुश भएको थियो ।

भूकम्पबाट काठमाण्डौको स्थित एक हस्पिटलमा उपचाररत २५ जनाको मृत्यु भएको बताइएको छ । सिन्धुपाल्चोकको जलविरेमा एक जनाको मृत्यु ।

क्षतिको बिबरण आउन बाकि छ ।
काठमाडौंमा धेरै मानवीय तथा भौतिक सम्पत्तिको क्षति भएको छ । सुन्धराको धरहरा, बसन्तपुर दरबार, दरबार हाइस्कुल, पाटनको कृष्ण मन्दिर लगायतका भौतिक संरचना क्षति भएको बताइएको छ ।

लम्जुङलाई केन्द्रविन्दु बनाएर गएकोे भुकम्पबाट भएको क्षतिको बिवरण आउन बाँकी छ । असन, इन्द्रचोक, साँखु लगायत, किर्तिपुर, भत्तपुरमा सयौं घरहरु भत्किए । क्षतिको बिवरणका लागि हामीसँगै रहनुहोला ।

प्रतिक्रिया दिनुहोस्: