नेपाली चलचित्र ‘चर्चा’ को च्यारीटी सो भद्रपुरमा

भद्रपुर । प्रेयना लिम्बूले निर्माण गरेको नेपाली चलचित्र चर्चाको झापाको भद्रपुरमा विशेष प्रदर्शन गरिएको छ । स्थानीय उद्योगी, व्यापारी, सामाजिक व्यक्तित्व तथा चलचित्रका कलाकार एवम् सञ्चारकर्मीका साथ भद्रपुर स्थित जवार टाकिजमा विशेष प्रर्दशन गरिएको हो ।
पूर्वी नेपालको धरान तथा झापाका युवाहरु मिलेर निर्माण गरेको चलचित्र चर्चा पूर्वका धरान, इटहरी, दोमुखा लगायतका स्थानमा छाँयाकन गरेर तयार गरिएको हो ।
नेपाली सामाजिक यथार्थ घटनामा आधारित भएर निर्माण सम्पन्न गरिएको सो चलचित्र युवा पुस्तामा केन्द्रित विद्यार्थी जीवन भित्रको गुण्डागर्दी तथा सामाजिक अपराधमा रहेर तयार भएको छ ।
नेपाली समाजमा विद्यार्थी बीचमा हुने गरेको दैनिक खटपटीलाई समेटेर सन्देशात्मक रुपमा चलचित्र तयार गरेको बताउँदै निर्माता कुमार बस्नेतले नेपाली समाजको वर्तमान अवस्थालाई समेटेर ल्याएको दावी गरे । टिन एजरहरुले जीवनको महत्व बुझ्न यो चलचित्र हेर्नै पर्ने सहनायक बाबुराम कट्टेलको भनाई छ । सवै दर्शकहरुलाई एक चोटी चलचित्र हलमा गएर हेर्न समेत आग्रह उनले गरे । उनले सवै परिवार सँगै बसेर हेर्न सकिने समेत स्पष्ट पारे ।
चलचित्रमा राज श्रेष्ठ, उपेन्द्र सुब्बा र चन्दा दाहाल प्रमुख भूमिकामा छन् भने प्रेयना लिम्बू, बाबुराम कट्टेल, अमृत लिम्बू, समीता गिरीको सह भूमिका रहेको छ । अशोक थापाको संगीत, कृष्ण अनमोलको लेखन तथा दिपक अधिकारीको निर्देशन रहेको चलचित्र केही महिना भित्र देश भर प्रर्दशनमा आउने निर्माता कुमार बस्नेतले जानकारी दिए ।
विशेष प्रदर्शन कार्यको उद्घाटन चलचित्रका नायक राज श्रेष्ठले गरेका थिए भने सह नायिका समीता गिरी, सहनायक बाबुराम कट्टेल, नायक उपेन्द्र सुब्बा लगायतले समेत दर्शक माझ बसेर चलचित्र हेरेका थिए । सयौं दर्शकले चलचित्र राम्रो रहेको भन्दै नायक नायिकालाई हुटिङ गर्दै शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्: