नेपाल धर्म निरपेक्ष हुँदैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नयाँ संविधानमा धर्म निरपेक्ष उल्लेख नहुने बताएका छन् ।  भारतीय योग गुरु रामदेवको योग विज्ञान शिविरमा शनिबार बिहान प्रमुख अतिथिकारुपमा उपस्थित ओलीले नेपालको अन्तरिम संविधानसमा अंग्रेजी शब्द ‘सेक्युलर’ को गलत अनुवाद भएको बताए ।

‘धर्म भनेको प्राकृतिक नियम हो, अन्तरिम संविधानमा अंग्रेजी शब्द सेक्युलरको अनुवाद गलत भयो,’ उनले भने, नयाँ संविधानले सबै धर्म, संस्कृति, परम्परा, आस्था र विश्वासप्रति समभाव राख्नेछ ।
ओलीले नेपाल धर्म निरपेक्ष वा कुनै एक धर्म सापेक्ष मुलुक नहुने बताए । ओलीले नेपाललाई सबै धर्म, संस्कृति, मूल्य, परम्परा र आस्थाको साझा थलो बनाउने पनि उल्लेख गरे ।
अध्यक्ष ओलीले धर्म परिवर्तनको पनि कडा विरोध जनाएका छन् । ’कसैले कसैमाथि धर्म परिवर्तन गराउन पाउँदैन,’ उनले भने ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं एमाले नेता माधवकुमार नेपाललगायतको उपस्थित थिए । एमाले नेता नेता नेपालले नेपाल पूर्वीय दर्शको उद्गम थलो रहेको भन्दै प्रचार प्रसार गरिदिएकोमा रामदेवलाई धन्यवाद समेत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्: