भारतमा २४ जनाको मृत्यु

भारत । भूकम्पमा परी भारतमा २४ जनाको मृत्यु भएको छ । बिहारमा १६ जना, उत्तरप्रदेशमा ५ र पश्चिम बंगालमा ३ गरी २४ जनाको मृत्यु भएको भारतीय संचारमाध्यमले जनएका छन् । भूकम्पबाट भएको जनधनको क्षति भएपछी राहत तथा उद्धारको लागि सरकारको तर्फबाट प्रधानमनत्री नरेन्द्र मोदीले सहयोगको प्रतिवद्धता व्यक्त गरेका छन् ।
नेपालको लमजुङ केन्द्र भएर आएको ७.५ रेक्टर स्केलको भूकम्पले भारतको बिहार राज्यमा सबैभन्दा बढी क्षति पूर्याएको अनुमान छ । त्यसैगरी बंगाल, उत्तरप्रदेश, सिक्किम राज्यमा समेत क्षति पूर्याएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्: